×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

पसलै पिच्छे फरक दररेट

  •  
  • मङ्गलबार, पुष २५, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • व्यापक गुनासो आएपछि जिल्ला प्रशासनले गरयो अनुगमन

    नरेन्द्र ढकाल/गोरखा
    पुस २५ गते । व्यवापारीले निर्माण सामाग्री मनोमानी गरेको व्यापक गुनासो आएपछि सोमबार अनुगमन गरिएको छ । अनुगमनका क्रममा जिल्लाका अधिकाशं निर्माण सामाग्रीका बिक्रेताहरुले मनपरी दरभाउ कायम गरेको पाइएको छ । ‘धेरै फरक त छैन्, तर पसल पिच्छे भाउ केही तल माथि पाइयो’ जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा चेत प्रसाद अम्गाईले भने ।
    निमार्ण सामाग्रीको माग अत्याधिक बढेको मौका छोपी भुकम्प पिडित ठगिएको गुनासो आएपछि सोमबार जिल्ला सदरमुकाममा रहेको सबै निर्माण सामाग्री पसल र गोदाममा अनुगमन गरिएको हो । ‘हामीले सरसर्ती हेर्दा कालोबजारी भएका भन्न मिल्ने ठोस आधारहरु त पाएनौं तर पसल पिच्छे थोरै भाउ अन्तर चाँही छ’ उनले भने । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय,गोरखा नगरपालिका, शहरी बिकास तथा भवन डिभिजन,उद्योग वाणिज्य सघंका प्रतिनिधि र सञ्चारकर्मीहरु सम्मिलित टोलीले गरेको अनुगमनका अधिकाशं पसलमा मुल्यसूचि नभएको, खरिद विक्रि सम्बन्धी स्पष्ट लगत नराखेको पाइएको छ । ‘हामीले हेरेका सबै पसलमा मुल्य सुचि कहीँ पनि छैन्, दरदेट बारे सेवाग्राहीले जानकारी पाउने कुनै आधार भेटिएन’ अम्गाईले भने । ओपिसी र पिपिसी सिमेन्टमा ५० रुपयाँ सम्म अन्तर पाएको छ । बालुवा, सिमेन्ट र छडको मुल्य पनि पसलै पिच्छे फरक छ । एउटै कम्पनीको सामानको मुल्य पसलै पिच्छे फरक हुनुको मुख्य कारण ढुवानी भाडा रहेको उनीहरुको तर्क छ ।
    सबै भन्दा धेरै समस्या रडमा देखिएको छ । रडको मुठामा भएको स्टीकर बिनै हचुवाका भरमा बिक्रि बितरण हुने गरेको पाएको छ । रड जोखेर बच्नुपर्ने भएपनि सबैले हुचुवामै बेचेका छन् ‘सामान लोड अनलोड गर्दैमा स्किर झर्छ, हामी बिल अनुसार चार्ट हरेर बिक्रि बितरण गर्ने गर्छौ’ एम् एण्ड एस इन्टरप्राइजेजका बिशाल श्रेष्ठ भने । गोदाम अनुगमनका क्रममा बजारमा स्टक समान भने निकै कम भेटिएको छ । ‘गोदाम सामान बस्नै पाएको छैन्, माग धान्नै मुस्किल भएको छ’ हार्डवयर व्यवसायी भाइचन्द्र श्रेष्ठले भने ।
    व्यापक गुनासो आएपछि कर्मकाण्डी रुपमा प्रशासनले अनुगमन गरेर झारा टार्ने काम गरेको जस्तो देखिएको छ । अनुगमन हुने हल्ला भएपछि कतिपय व्यापारीले गल्ती लुकाउन समेत भ्याएका थिए । अधिकाशं बिक्रेताले उपभोक्तालाई भ्याट बिल नदिएको स्वीकार गरेका छन् । यता प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने प्रशासनको नियमित काम अनुसार अनुगमन गरेको रिर्पोट आएपछि आवश्यक निर्णय लिने बताए ।केही मात्र भ्याट बिल माग्ने र धेरै परिमाणमा लानेलाई अनिवार्य रुपमा दिने गरेको उनीहरुले नलगे पनि खरिद बिक्रि मिलाउनका लागि आफूहरुले अनिर्वाय रुपमा बिल काट्ने गरेको दाबी गरेका छन् । दुई टोली बनाएर गरिएको अनुगमनको आधिकारीक तथ्याङ्क भने प्रशासनले सार्वजानिक गरिसकेको छैन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, पुष २५, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.