गोरखा समाचारदाता
गोरखाको पर्यटकिय गाउँ अजिरकोटको नम्कीमा होम स्ट्रे व्यवस्थापन तालिम सुरु भएको छ । अक्सफाम र एकिकरण नेपालको साझेदारीमा सञ्चालित भुकम्प प्रतिकार्य तथा पुनस्थापना कार्यक्रम अन्र्तगत जिविको पार्जन सुधारको लागि भएको उक्त तालिमको अजिरकोट गाउँपालिकाका प्रमुख फणिन्द्र धितालले उद्घाटन गरेका हुन ।
‘निकै राम्रो र आवश्यक तालिम सञ्चालन हुन लागेको छ, गाउँपालिकाले प्राथमिकतामा राखेको पर्यटन प्रर्वद्धनमा यसले मद्धत मिल्छ भन्ने मैले विश्वास लिएको छु’ उनले भने । ऐतिहासिक, धार्मिक तथा पौराणिक महत्वले भरिपुण गाउँहरुमा हेर्नका लागि मानिसहरु आउने क्रम बढेको भन्दै उनले होम स्ट्रेका कारण स्थानीय खाना र कला सस्कृति प्रति धेरैका आकर्षण बढेको बताए ।
अजिकोट गाउँपालिका वडा नम्बर १,४,५, सहिद लखन गाउँपालिका ताक्लुङ, धार्चे गाउपालिकाको उहिया केरौजां लगायत विभिन्न स्थानका २० जनाको सहभागीता रहेको तालिममा होमनेट सस्थाका अजित आर्चाय, ओम थपलिया लगायत अक्सफामका जिविको पार्जन अधिकृत चन्द्रकार्कीले सहकरण गर्ने एकिकरण नेपालका कार्यक्रम संयोजक तुलसी धिताले बताए ।


