गोरखा समाचारदाता
पुस २३ गते । माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले काँग्रेसका कारण सरकार गठनमा ढिलाइ भएको बताएका छन् । बामगठन्धन निकट कर्मचारी संगठनले गरेको भेटघाट तथा बनभोज कार्यक्रममा सहभागी हुन जिल्ला आएका उनले केही कानून अड्चन र धेरै काँग्रेसको कारणले सरकार गठनको काममा ढिलाई भएको दाबी गरे । ‘चुनाव हार्दा पनि काँग्रेस सत्ताबाट निस्कन सकिएरहेको छैन, त्यसैले सरकार बन्न केही ढिलाई भइरहेको छ’ उनले भने ‘निर्वाचन पहिले टुंग्याउनु पर्ने केही कानूनी अड्चनहरु पनि अहिले सरकार गठनका लागि बाधक भइरहेको छन् ।’
निर्वाचनमा देशभर बामगठबन्धनको जित भएकाले काँग्रेसले वा कसैले चाहेपनि बामपन्थी सरकार निर्माणमा रोक्न नसक्ने उनको दाबी छ । ‘जे जे भएपनि ढिलो चाँडो बामपन्थी गठबन्धनको सरकार बन्छ, तपाइँहरु ढुक्क हुनभए हुन्छ’ श्रेष्ठले भने । एमालेले मधेशबादी दलसँग मिलेर सरकार बनाउन लागिको भन्ने कुरा हल्ला मात्र भएको भन्दै अब पार्टी एकता र बामपन्थी गठबन्धनको सरकार निर्माणबाट एमाले र माओबादी भाग्न नसक्ने बताएका छन् । सरकार गठनसँगै दुई पार्टी बिच एकता प्रक्रिया पनि अघि बढ्ने उनको भनाई छ ‘अहिले केपी शर्मा ओली बिरामी हुनुहुन्छ र केही ढिलाई भएको हो, उहाँको सक्रियता बढ्ने बित्तिकै एकताको घोषणा हुन्छ ।’ केपी ओली बैङ्कक जानु अघि नै पार्टी एकता हुने श्रेष्ठको दाबी छ । औपचारिक बैठक नभएपनि दुवै पार्टीका नेताहरु बिच अनौपचारिक रुपमा पार्टी एकता गर्ने बारेमा छलफल भइरहेको उनले बताए । नेता श्रेष्ठले गोरखा क्षेत्र नम्बर २ पूर्व सहकर्मी समेत रहेका डाक्टर बाबुराम भट्टराईसँग भारी मतान्तरले हारेका थिए । चुनावमा आफुले पराजय व्यहोरेको भएपनि गोरखाको बिकासका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता गरेका छन् । केही दिन यता जिल्ला रहेका श्रेष्ठ विभिन्न ठाउँमा घरदैलो तथा सभा गरेर आफूलाई भोट हाल्ने मतदातालाई धन्यावाद दिइरहेका छन् ।
गोरखामा आमा सेमिनार हुने
मानव सेवा आश्रम गोरखाको आयोजनामा जिल्ला सदरमुकाममा आमा सेमिनार हुने भएको छ । पछिल्लो समय सडकमा आउने मानिसहरुको संख्या वृद्धि हुँदै गरेको र गरिब, असाहाय, मानसिक सन्तुलन गुमाएकाहरुलाई परिवारले नै सडकमा पु¥याउने गरेका भन्दै उक्त कुरा रोक्ने उदेश्यले उक्त सेमिनार आयोजना गरिएको मानव सेवा आश्रम गोरखकी सिर्जना ओलीले बताईन् । गोरखा नगरपालिकाको साझेदारी गोरखकाली चलचित्र मन्दिरमा आयोजना गरिएको उक्त सेमिनारमा मानबसेवा अभियान्ता रामजी अधिकारीले विशेष प्रस्तुती दिने छन् । आश्रमले शनिवार गरेको पत्रकार भेटघाटमा सञ्चारमाध्यम मार्फत सबैलाई सहभागी भइदिन आग्रह गरिएको ओलीले बताइन् ।
सरकार गठनको बाधक काँग्रेस हो : श्रेष्ठ
सरकार गठनको बाधक काँग्रेस हो : श्रेष्ठ
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















