- बाम गठबन्धनका ५ र लोकतान्त्रिकका ७ जना विजयी
मोहसिन अलि मियाँ/गोरखा
निर्माण ब्यवसायी संघ गोरखामा बाबराम श्रेष्ठले प्रतिस्प्रधि रामकुमार श्रेष्ठलाई एक मतले पछि पार्दै विजय भएका छन् । बाम गठबन्धनको समर्थनमा उम्मेदवार बनेका बाबुरामले ७८ मत ल्याउदा लोकतान्त्रिक गठबन्धनका रामकुमारले ७७ मत ल्याएका छन् ।
मतगणना भइरहदा निर्माण ब्यवसायी संघको हल निक्कै रोमाञ्चित र प्रतिस्प्रधात्मक बनेको थियो । हल भित्र रहेका उम्मेदवार र ब्यवसायीले अन्तिम मतपत्र गणना नहुञ्जेलसम्म पनि कस्ले जित्ला भनेर अन्दाजसम्म गर्न सकेनन् । करिब साडे २ घण्टासम्म मतगणना भइरहदा कहिले बाबुरामले अघि हुन्थे त कहिले रामकुमार । अन्तिम मतपत्र गणना गर्ने बेलासम्म सबैले बराबर हुने अन्दाज गरेको भएपनि अन्ततः रामकुमार एक मतले पछि परे ।
झिनो मतान्तरले विजयी भएका बाबुरामले सबैलाई मिलाएर लैजाने प्रतिवद्धता ब्यक्त गरेका छन् । बिजय भए लगत्तै गोरखासमाचारसंग कुरा गर्दै उनले सबै निर्माण ब्यवसायीको पक्षमा काम गर्ने बताएका हुन् । ‘म यहाँ राजनिती गर्न आएको होइन, मेरो कार्यकालमा सबैलाई समानरुपमा मिलाएर अघि बढ्छु, सबै ब्यवसायीको हितमा काम गर्छु’
तिन बर्षे कार्यकालका लागि भएको निर्माण ब्यवसायीको नवौं अबिधेशनमा बाम गठबन्धनबाट अध्यक्ष सहित पाँच जना विजयी भएका छन् भने लोकतान्त्रिकका ७ जना सदस्य विजयी भएका छन् ।

विजयी हुने सदस्यहरुमा सूर्यबहादुर भण्डारील सर्वाधिक ९७ मत ल्याएका छन् । उनि नेकपा माआृवादी निकट हुन् । त्यस्तै माओवादी निकट भोलाप्रसाद मरहट्टाले ९४ र काँग्रेस निकट राजुबाबु लामिछानेले ९४ मत ल्याएका छन् । काँग्रेस निकट कै अनिल कुँवरले ९२, सुरेन्द्र बस्नेतले ९० मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृत स्थानेश्वर दुवाडीले बताएका छन् ।
त्यस्तै माओवादी निकटका उत्तम भट्टले ८९ मत ल्याउदा नयाँ शक्तिका दिनेश गुरुङले ८५ मत ल्याएका छन् । काँग्रेसका लक्ष्मणकाजी श्रेष्ठले ८४, लेखबहादुर थापाले ८३ मत ल्याए भने माओवादी निकट ब्यसायी किरणबाबु श्रेष्ठले ८० ल्याउदा काँग्रेसका डम्बरसिं गुरुङले ७८ मत ल्याएर बिजयी भएको निर्वाचन अधिकृत दुवाडीले बताएका छन् । त्यस्तै पराजित हुनेहरुमा देवराज गुरुङले ५६, भिषण अर्यालले ६९, बिश्वेश्वर श्रेष्ठले ७२ मत ल्याएका छन् । क्षेत्र बहादुर श्रेष्ठले ७५, कबिन्द्र अधिकारीले ६१, सन्त बहादुर गुरुङले ५८, मोतीलाल श्रेष्ठले ४७ मत, रमेश घलेले ६५ र तेज बहादुर गुरुङ ७२ मत ल्याएर पराजित भएका छन् ।
सनिबार दिउँसो २ बजेदेखि भएको मतदानमा १ सय ६६ मत खसेको थियो । त्यस्तै कुल खसेको मत मध्ये ५ मत बदर भएको निर्वाचन समितीले जनाएको छ । निर्वाचित नयाँ कार्यसमितीलाई सपथग्रहण भने आज गराइने जनाइएको छ ।
संघको २१ औं साधारण सभा तथा नवौ जिल्ला अधिवेशन शुक्रबारबाट सुरु भएको थियो । संघका कार्यवहाक अध्यक्ष चन्दन बाबु खत्रीको अध्यक्षतामा भएको अधिवेशनको नेपाल निर्माण ब्यवसायी संघका केन्द्रिय अधयक्ष विष्णुभाई श्रेष्ठले उद्घाटन गरेका थिए ।


