नरेन्द्र ढकाल/गोरखा
पुस २१ गते । जिल्लाका झण्डै आधा जसो विद्यालय पुननिर्माण भएका छन् । २०७२ बैशाख १२ गते गएको बिनाशकारी भुकम्पले भत्काएका २०५ विद्यालयको नयाँ भवनमा पठनपाठन समेत सुरु भएको छ । ‘२०५ वटा स्कूलका नानी बाबुहरुले नयाँ भवन बसेर पढ्न थालिसकेका छन्’ जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीले भने । कुल ४४३ विद्यालय रहेको यहाँ २०५ वटा निर्माण सम्पन्न भएको छ भने ४६ वटा निर्माणाधिन अवस्था छन् । निर्माणको जिम्मा लिएको केही संस्थाको काममा भने ढिलाई देखिएको छ । ‘केही संस्थाको काम सुस्त खालको छ समय काम सक्न ताकेता गरिरहेका छौ’ सुवेदीले भने । अन्य ६५ विद्यालयको श्रोत सुनिश्चित भएको छ ।
भारतिय राजदुतावास र चिनियाँ राजदुतावास, जापानी सहयोग नियोग जाइकाको दोश्रो चरण अन्तर्गत ति विद्यालय पुर्ननिर्माण हुने जिल्ला जिल्ला शिक्षा कार्यालय गोरखाले जानकारी दिएको छ । ‘जाइकाको सेकेन्ड फेज सुरु भएको छ, उसले त काम छिटै गरिरहेको छ, तर इन्डियन र चाइनीज एम्बीसीले काम थालेका छैनन्’ जिशिअ सुवेदीले भने ।
दुई छिमेकी राष्ट्र भारत र चिनका सरकारले बनाउने भनिएका ति विद्यालयहरु स्वीकृती लिएर मात्र राखिएको छ । जिल्लाका झण्डै १२९ विद्यालयको भने अझै श्रोत टुंगो लागेको छैन् । ती मध्ये केही विद्यालयले आफ्नै पहलमा भवन बनाउन सुरु गरे पनि अधिकाशं अस्थायी टहरामै छन् । बनाउन बाँकी विद्यालयहरु अधिकाशं प्राथामिक तहका थोरै विद्यार्थी भएका र डोनरको प्राथमिकतामा नपरेका देखिन्छन् । ‘धेरै विद्यालयको श्रोत खोज्ने काम बाँकी नै छ, केहीले आफै पनि खोज्नु भएको छ, हामी पनि प्रयासरत छौ’ जिशिअ सुवेदीले भने ।
यो आर्थिक वर्ष भित्र ७५ प्रतिशत भन्दा बढि विद्यालयको पुननिर्माण सक्ने लक्ष्य लिएको जिल्ला शिक्षा कार्यालय ४४३ विद्यालयकै पुर्ननिमार्ण सकिन अर्को आर्थिक वर्ष सम्म कुर्नेपर्ने बताएको छ । ‘हामी ३०० देखि ३५० स्कुल यही आर्थिक वर्षमा सक्ने लक्ष्यका साथ लागि रहेका छौ, सबै सक्न त अझै समय लाग्ने देखिन्छ’ उनले भने ।
मुलकको शाषन व्यवस्था फेरिए सँगै शिक्षा क्षेत्रको सरचना पनि परिर्वतन भएर अधिकार स्थानीय तहमा गइसकेकाले विद्यालय पुर्ननिर्माणको काममा पनि विद्यालयहरुलाई जवाफदेही बनाउन लागि परेको जिशिअ सुवेदीको भनाई छ ‘हामी विद्यालयका प्रअहरुलाई नयाँ संरचना बारे जानकारी गराउने र स्थानीय तहलाई समन्वय गर्ने काम गरिरहेका छौ । ’
सोही कार्यक्रम अन्र्तगत विद्यालयका प्रधानाध्यापक र स्थानिय तहका कार्यपालिकालाई शिक्षाको संरचना बारे जानकारी गराउने काम भइरहेको उनले बताए । भुकम्प पछिको पुननिर्माणका काममा जिल्ला शिक्षा कार्यालय अलि अगाडी देखिएको छ । निजि आवास, स्वास्थ्य सघंसस्था, पुरातात्वीक सम्पदा पुननिर्माण लगायत अन्य सरकारी कार्यालयको पुननिर्माण तुलना विद्यालय धेरै बनेपनि तोकिएको समयमा विद्यालय पुननिर्माणको काम सक्न जटिल देखिन्छ ।
जाडोको समय भएकाले अस्थायी रुपमा पठनपाठन गरिरहेका विद्यार्थीहरुलाई निकै समस्या भएको उनीहरुका शिक्षक एवं अभिभावकले बताएका छन् । केही नाम चलेका संघ सस्थाले सम्झौता गरेर काम नगरिदिदा निर्माण सुरु भएका विद्यालयहरु लथालिङछन् ।
हाल निर्माणाधिन भनिएका अधिकाशको तोकिएको समय सिमा समेत पार गरिसकेका छन् ।


