कैलासबावु श्रेष्ठ/गोरखा
पुस १९ गते । गोरखा नगरपालिकालाई स्वच्छ नगर बनाउने अभियान थालेको छ । जस अनुसार नगरपरिषद्ले तोकेको फोहोर शुल्क उठाउन सुरु गरेको छ । ‘हामीले घरघरमा गएर फोहोरसँगै शुल्क पनि उठाउन थालेका छौ’ गोरखा नगरपालिकाका वातावरण अधिकृत ध्रुब घिमिरेले भने । पहिलो पटक वडा नम्बर ८ को नयाँ बस्तीबाट सशुल्क फोहोर उठाउने थालिएको छ । ‘फोहोर उठाउँदा मात्र वर्षेनी २० लाख भन्दा नगरपालिकाको बजेट खर्च हुन्छ, अब नगरबासीबाट थोरै÷थोरै रकम लिएर फोहोर उठाउने योजना अघि बढाएका छौं’ उनले भने ।
गोरखा नगरपालिकाले अहिले एउटा ट्रिपर र एउटा ट्याक्टर मार्फत नगरको बजार क्षेत्रबाट फोहोर संकलन गर्दै आएको छ । तर मंगलबारबाट सुरु गरिएको फोहोर उठाउदै पैसा संकलन अभियान भने बराह नजिकैको नयाँ बस्तीबाट शुरु गरिएको हो । उक्त अभियान बजारक्षेत्रमा बिस्तार गर्ने नगरपालिकाको योजना छ ।
मंगलबार मात्रै नयाँ बस्तीमा रहेको ३७ सहित वरपरका ५० घरबाट ६३०० रुपयाँ भन्दा बढि फोहोर कर संकलन भएको छ । ‘पहिलो दिन निकै उत्साहजन देखियो, अब यो कामले पुर्णता पाउछ भन्ने हाम्रो विश्वास छ । जनप्रतिनिधि, प्रमुख प्रशासकिय अधिकृत सहित अन्य कर्मचारी लगायतको टोली बस्ती÷बस्ती पुगेर सचेतना जगाउँदै अभियान सञ्चालन गर्ने गोरखा नगरपालिकाको योजना छ ।
फोहर संकलन तथा शुल्क उठाउने अभियान अन्तरर्गत प्रति घर १०० रुपैयाँ लिने तयारी छ । ‘फोहर कती हुन्छ र कस्तो प्रकृतीको घर, संघ संस्था वा ब्यवसाय के हो सोही अनुसार शुल्क तोक्छौं’ बातावरण अधिकृत घिमीरेले भने । सदरमुकाम भित्र रहेको होटल बिसौनी, इन, मिराकल, हिमालयन, भिजनका जस्ता होटलहरुका लागि प्रति महिना १००० रुपैयाँ फोहर शुल्क उठाउने निर्णय भएको छ ।
यस्ता ठुला होटलहरुबाट फोहर धेरै निस्कने भएका कारण ठुला होटललाई करको पहिलो दायरामा राखिएको छ । नगर परिषद्ले गरेका निर्णय अनुसार फोहर ब्यवस्थापनका लागि प्रति घर १००, मध्यम खालका होटल लजबाट ५००, रेष्टुरेन्टबाट ३०० साथै अन्य चिया पसल तथा सामान्य होटलबाट प्रति महिना १५० रुपैयाँका दरले शुल्क उठाउने निर्णय भएको छ ।
त्यस्तै गरी कपाल काट्ने सैलुङ, मासु, फलफुल तथा तरकारी पसल, ब्यवसायीक प्रयोजकका सटरको ३००, बैङ्क तथा वित्तीय संघ संस्थाहरुलाइ २००, निजी अस्पताल तथा नर्सिङ्ग होमका लागि ५०० र ग्यारेजको लागि १००० रुपैयाँ फोहोर कर तोकिएको छ ।
गएको असार मसान्त भित्र गरीएको नगरपरिषदबाट फोहर शुल्क उठाउने निर्णय भए अनुसार गोरखा नगरपालिकाले कर्मचारीहरु खटाएर मंगलबार देखि घरघरबाट फोहर संकलन गरी कर उठाएको हो । यस अघि गोरखा नगरपालिकाले फोहर संकलन बापत कुनै पनि शुल्क उठाएको थिएन ।


