गोरखा समाचारदाता
पुस १८ गते । जिल्ला सदरमुकाममा रक्त सञ्चार केन्द्र स्थापना हुने भएको छ । नेपाल रेडक्रश सोसाइटी जिल्ला शाखा गोरखाले केन्द्र स्थापना गर्न लागेको मन्त्री राजेन्द्र न्यौपानले जानकारी दिए ।
‘गोरखामा बल्ड बैङ्क नहुँदानिकै समस्या भएको हामीले देख्यौ, आस्कमिक रुपमा चाहिने रगतको उपलब्ध गराउनको लागि पहल थालेका छौ’ न्यौपानले भने । यस अघि २०६६ साल भदौ १९ गते देखि जिल्लामा आकस्मिक रक्त सञ्चार केन्द्र स्थापना गरेको सोसाईटीले बेल्जियम रेडक्रसले ग्याप नामक संस्था मार्फत दिने सामग्री सहित केन्द्रको स्थापनामा जुटेको हो ।
नेपाल रेडक्रस सोसाईटी गोरखा जिल्ला सभापति भगवानबाबु मास्केको अध्यक्षतामा भएको रक्त सञ्चार केन्द्र स्थापना सम्बन्धि समन्वयात्मक छलफल कार्यक्रममा गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरु, गोरखा उद्योग वाणिज्य संघ, गोरखा जिल्ला अस्पताल, जिल्ला शिक्षाअधिकारी, रोटरी तथा रोट्याक क्लव, गोरखा जेसिस, नेपाल पत्रकार महासंघ लगायत सरोकारवाला निकायका प्रमुखहरुले जिल्लामा रक्त सञ्चार केन्द्रको आवश्यकता रहेको बताएका थिए ।
प्रसुती, सवारी दुर्घटना, अप्रेशनका विरामीहरुका लागि जिल्लामा रक्त सञ्चार केन्द्र नहुँदा विरामी बाहिर पठाउनु परेको भन्दै केन्द्र स्थापनामा ढिलाई गर्न नहुने उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष श्रवण जोशीले बताए । कार्यक्रममा केन्द्रीय रक्त सञ्चार केन्द्रका वरिष्ठ प्राविधिक अधिकृत संजिवकुमार यादव, लेखा अधिकृत इश्वरी पन्त, भूकम्प प्रतिकार्य कार्यक्रमका गोरखा जिल्ला प्रमुख शिव सुवेदी लगायतले गोरखामा स्थापना हुने रक्त सञ्चार केन्द्रका बारेमा जानकारी गराएका थिए ।
केन्द्र स्थापनाका लागि दाता बाट प्राप्त सामग्रीलाई कहाँ व्यवस्थाप नगर्ने भन्ने बारेमा गोरखा जिल्ला अस्पताल नजिकै रहेको जिल्ला शिक्षा कार्यालय गोरखाको खाली भवनमा रक्त सञ्चार केन्द्र स्थापना गरी सञ्चाल गर्ने सहमति भएको नेपाल रेडक्रस सोसाईटी गोरखा जिल्ला शाखाका मन्त्री न्यौपानेले जानकारी दिए ।
गोरखामा रहेका अस्पताल, गाउँपालिकामा खुल्ने १५ शैया क्षमतका अस्पताल, जिल्ला भित्र र बाहिरको मागलाई पूरा गर्न रक्त सञ्चार केन्द्र अत्यावश्यक देखिएको छ ।


