गोरखा समाचारदाता
भिमसेन गाउँपालिका वडा नम्बर ८ की एक महिलाले आफ्नै श्रीमान्को हत्या गरेकी छिन् । ६५ वर्षिय हिरादेवी श्रेष्ठले घरायसी झगडामा घरमा बसिरहेका ६७वर्षिय आफ्नै श्रीमान् केयरमान श्रेष्ठलाई पिर्काले हान्दा उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
घरयासी भनाभन हुँदा हातहालाको स्थीति आएको र आफूले पिर्काले हिकाउदै श्रीमान केयरमानको टाउकोमा लागि उनको मृत्यु भएको श्रीमती हिरादेवीले प्रहरीमा बताएकी छिन् । घटना भएपछि उनी आफै प्रहरी चौकी पुगेर आत्मा समर्पण गरेको प्रहरी निरीक्षक कमला नरालले जानकारी दिइन् ।
श्रीमानसँग घरायसी झगडा भएको र आवेशमाआएर हत्या गरेको हिरादेवीले प्रहरी समक्ष स्वीकारेकी छन् । केयरमानको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल गोरखा ल्याइएको र घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।


