×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

मनकामनाको छाना जलप लगाउन साँढे ७ किलो सुन किनियो

  •  
  • आइतबार, पुष १६, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    प्रशन्न पोखरेल मनकामना/गोरखा

    १२ बैशाखको भूकम्प लगत्तै क्षमापूजा गरी पुरानो मन्दिर जगैदेखि भत्काएर पुनर्निर्माण आरम्भ भएको प्रसिद्ध धार्मिक स्थल गोरखाको मनकामना मन्दिरको जीर्णोद्वार कार्य अन्तिम चरणमा पुगेको छ।

    मन्दिरको छानामा रहने तामाको पातामा १८ किलोग्राम सुनको जलप लगाउने कार्य सम्पन्न भएपछि भक्तजनका लागि मन्दिर खुल्ला गरिनेछ। अहिले मन्दिर छेउको टहरोबाट पूजाआजा हुँदै आएको छ।

    मनकामना मन्दिर जीर्णोद्वार समितिका सचिव प्रेमकुमार श्रेष्ठले पुरातत्व बिभागको मापदण्ड अनुसार नै धेरै बर्षसम्म टिक्ने गरी जलप लगाउने कार्य सुरु गरेको बताए। श्रेष्ठले नेपालखबरसँग भने, ‘एक तोला सुनले तीन स्वायरफिट तामाको पातामा जलप लगाउनुपर्छ भन्ने पुरातत्व बिभागको मापदण्डअनुसार नै जलप लगाएका छौं।’

    जलप लगाउन प्रयोग गरिने सुन

    जलप लगाउन प्रयोग गरिने सुन

    पाटनका १२ जना कालीगढले तामाको पातामा सुनको जलप लगाउने कार्यलाई अघि बढाएका छन्।

    श्रेष्ठका अनुसार, समितिले साँढे सात किलोग्राम सुन खरिद गरिसकेको छ। जलप दीर्घकालीन रुपमा टिकाइ राख्ने हो भने कम्तिमा १८ किलोग्राम सुन आवश्यक पर्ने समितिको अनुमान छ। तामाको पातामा लगाएको सुनको जलप कम्तिमा एक सय बर्ष सुनौलो रहन्छ। पानीले नबिगार्ने उक्त जलप परेवाको बिष्टाले भने बिगार्न सक्ने कालीगढ ज्ञानेन्द्र शाह बताउँछन्।

    २४ क्यारेटको सुन पारोमा मिसाएर तामाको पातामा दलिन्छ। त्यसपछि सुनको जलप लगाएको तामाको पातामा ग्यासले ताप दिएपछि तामाको पाता पहेंलो हुन्छ ।

    जलप लगाइँदै

    जलप लगाइँदै

    अहिलेसम्म १३ वटा तामाको पातामा सुनको जलप लगाइसकिएको समितिले बताएको छ। सुन र सुनको जलप लगाएका पाता सुरक्षित तवरले भण्डारण गरिएको छ। मन्दिरको छानो चार हजार स्वायरफिट छ। मनकामना मन्दिरलाई आवश्यक पर्ने तामाको पाता काठमाडौंका सुन्दरकृष्ण शाहीले दान दिएका थिए।

    मन्दिर पुनर्निर्माण गर्दा अहिलेसम्म आठ करोड रुपैयाँ खर्च भइसकेको छ। मन्दिर जीर्णोद्वार समितिका अध्यक्ष नरेन्द्रबाबु श्रेष्ठका अनुसार, मन्दिर पुनर्निर्माणमा चाहिने एक लाख पच्चीस हजार गोटा इट्टा काठमाडौंका हिराकाजी महर्जनले निःशुल्क उपलब्ध गराएका छन्।

    टिम्वर कर्पोरेशनबाट समयमै काठ उपलब्ध नगराउँदा र तीन तहको निर्वाचनले गर्दा मन्दिर पुनर्निर्माणको काम केही ढिलाइ भएको हो। तामाको पातामा सुनको जलप लगाउने कार्य सकेर गजुर प्रतिस्थापन गरेपछि मन्दिर पुनर्निर्माण कार्यले पूर्णता पाउनेछ। पुनर्निर्माण कार्य आउँदो साउनभित्र मन्दिर सक्ने लक्ष्य राखिएको छ।

    मन्दिर पुनर्निर्माण गर्न सरकारले आ.ब. ०६७/०६८ मा दिएको एक करोड रुपैयाँमध्ये ५६ लाख रुपैयाँले सुन खरिद गरेको समितिले ४४ लाख रुपैयाँको काठ किनेको थियो। यस्तै आ.ब. ०६९/०७० मा सरकारबाट प्राप्त भएको तीन करोड रुपैयाँले सात किलोग्राम सुन खरिद गरेको सचिव श्रेष्ठ बताउँछन्।

    श्रेष्ठले थपे, ‘सरकारले हामीलाई जिन्सी सहयोग गरेको हो। नगद हामीले भक्तजनबाट पनि संकलन गरेका छौं। भक्तजनबाट अहिलेसम्म करिब छ करोड रुपैयाँ संकलन भएको छ।’

    यसैबीच गोरखाका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, सहायक प्रजिअ केशवराज शर्मा, प्रहरी उपरीक्षक प्रकाश अधिकारी, सशस्त्रका प्रहरी नायव उपरीक्षक सुवास भण्डारी, राष्ट्रिय अनुसन्धानकी गोरखा प्रमुख रजनी घिमिरेलगायत सुरक्षा प्रमुखको टोलीले आइतबार मन्दिर जीर्णोद्वारको अवस्था बारे जानकारी लिएको छ।

    nepalkhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, पुष १६, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.