मोहसिन अलि मियाँ/गोरखा
पुस १६ गते । प्रतिनिधी र प्रदेशसभामा गोरखाबाट उम्मेदवार बनेका मध्ये तिन जनाले मात्र खर्चको विवरण बुझाएका छन् । गत मसिर १० गते सम्पन्न निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका दुई र एक स्वतन्त्र गरि तिन जनाले मात्र खर्चको विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । क्षेत्र नम्बर १ मा विजयी हरिराज अधिकारी १ को प्रदेश ‘क’ का लेखबहादुर थापा र स्वतन्त्र उम्मेदवार बनेका हरि बहादुर रानाको मात्रै हालसम्म खर्च विवरण कार्यालयले प्राप्त गरेको जनाएको छ । अन्तिम मतपरिणाम आएको ३० दिन भित्र उम्मेदवारले खर्च विवरण बुझाउने प्रावधान रहेपनि हालसम्म ३ जनाले मात्रै विवरण पेश गरेका छन् । जिल्लामा मंसिर २७ गते अन्तिम मत परिणाम सार्वजानिक भएको थियो ।
बाम गठबन्धनबाट गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित अधिकारीले पुस ७ गते चुनावी खर्चको बिवरण बुझाएका हुन् । उनले चुनावमा १७ लाख १४ हजार १ सय ४० रुपैयाको खर्च विवरण बुझाएका छन् । उनले सबैभन्दा बढि कार्यकर्ता परिचालनमा ४ लाख ९२ हजार ३ सय २० खर्च गरेको विवरणमा उल्लेख छ । त्यस्तै गरि प्रचार प्रसार सामाग्री खरिदमा उनले ४ लाख ९ हजार १ सय ३० खर्च भएको उनको प्रतिवेदनमा छ । यसैगरि सवारी साधानको भाडा २ लाख ९ हजार ५ सय, प्रतिनिधी परिचालनमा १ लाख ३० हजार १ सय ६०, कार्यालय सञ्चालनमा ९६ हजार १ सय ६५ रुपैया खर्च भएको अधिकारीको प्रतिबेदनमा उल्लेख छ ।
त्यसै गरि सवारी इन्धनमा ८९ हजार, विज्ञापनमा ४२ हजार ६ सय ३५, मतदाता नामावली खरिदमा १ हजार, ढुवानीमा ५ हजार ६ सय ३० र विविधमा ६९ हजार ६ सय रुपैया खर्च भएको विवरण उनले पेश गरेका छन् । उनले २९ हजार ८ सय ६० मत ल्याउदै निकटतम प्रतिद्धन्दी चिनकाजी श्रेष्ठलाई ३ हजार २ सय १७ मतान्तरले हराएका थिए ।
त्यस्तै गोरखा क्षेत्र नम्बर १ को प्रदेश क मा विजयी बनेका थापाले १० लाख ९३ हजार ३९ रुपैया खर्च भएको भन्दै निर्वाचन कार्यालयलाई विवरण पेश गरेका छन् । गत ७ गते उनी आफैले कार्यालयलाई खर्चको विवरण बुझाएका थिए ।
उनले सबैभन्दा बढि निर्वाचन प्रचार सामाग्रीमा २ लाख ९५ हजार खर्च गरेका छन् । कार्यकर्ता परिचालनमा २ लाख ४५ हजार ६ सय ९, सवारी साधनमा २ लाख १५ हजार, प्रतिनिधी परिचालनमा १ लाख ३० हजार खर्च भएको थापाको विवरणमा उल्लेख छ । त्यस्तै कार्यालय सञ्चालनमा ८१ हजार ५ सय ५०, सवारी इन्धनमा ४० हजार, ढुवानी ३ हजार ५ सय ५०, विज्ञापनमा ३० हजार, मतदाता नामावली खरिदमा १ हजार र विविधमा ५१ हजार ३ सय ३० रुपैया खर्च भएको विवरण कार्यालयमा पेश गरेका छन् ।
उनले १६ हजार ५ सय ५८ मत ल्याउदै निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका धिरन थापालाई २ हजार ५ सय ३९ मतान्तरले पराजित गरेका थिए ।
त्यस्तै गरि क्षेत्र नम्बर १ को प्रदेश क मै स्वतन्त्र उम्मेदवार बनेका हरि बहादुर रानाले २६ हजार ३ सय रुपैया खर्च भएको भन्दै विवरण कार्यालयलाई पेश गरेका छन् । उनले ७८ भोट प्राप्त गरेका थिए ।
गोरखामा प्रतिनिधी सभा सदस्यमा क्षेत्र नम्बर १ बाट ८ र २ बाट ९ गरी १७ जनाले उम्मेदवारी दिएका थिए । त्यस्तै प्रदेशसभा तर्फ १९ जनाले उम्मेदवारी दिएका थिए ।
तिनजनाले मात्र बुझाए चुनावी खर्चको विवरण
तिनजनाले मात्र बुझाए चुनावी खर्चको विवरण
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


