नरेन्द्र ढकाल/गोरखा
पुस १३ गते । भुकम्प गएको ३२ महिना बित्यो । २०७२ बैशाख १२ गते निभेको बत्ति सिम्जुङबासीले अहिले सम्म बाल्न पाएका छैनन् । ‘यतिका समय भयो हामी कुहिरोका काग भएका छौ’ उदि मायाँ गुरुङले गुनासो गरिन् । स्थानिय देवानसिहं गुरुङको व्यक्तिगत लगानीमा २०६२ सालमा बनेको सो लघुविद्युत बाट सिम्जुङ्गका झण्डै ६ घर धुरीले बिजुली बाल्दै आएका थिए ।
उक्त लघुविद्युत भुकम्पले ध्वस्त बनाएपछि अहिले सम्म अजिकोट गाउँपालिका वडा नम्बर ४ सिम्जुङका ६०० घरधुरी बिजुली बाल्न पाएका छैनन् । ‘यही सोलारको टुकि नहुँदो हो भने त कसरी बस्थौ होला’ अस्थायी टहरा माथि राखिएको सानो सोलारपाता देखाउँदै बाँजागाउँकी स्थानीय वृद्धा सन्सरी गुरुङले भनिन् । सिम्जुङ्ग गाविसको वडा नम्वर ३,४,५, र ८ का ६ सय भन्दा बढि स्थानियहरु अहिले पनि अन्धकारमा बस्न बाध्य भएका छन् ।
विजुली नहुँदा दैनिक जिवन कष्टकर हुनुका साथै विद्यार्थीहरुको पढाई समेत प्रभावित भएको छ । ‘सघं सस्थाहरुले सोलार यति बत्ति नदिएको भए हाम्रो त बिचल्ली नै हुन्थ्यो, घाम लागेका दिन जेनतेन बाल्यो, जाडो लागेपछि त यही पनि बल्दो रहेनछ’ गुरुङले भनिन् । एक घरमा दुई वटा सम्म बत्ती बाल्न मिल्ने खाल्नेका उक्त सोलार भुकम्प गए लगत अक्सफामले वितरण गरेको थियो ।
बिजुली नहुँदा कुटानी पिसानी,मोबाईल र्चाज गर्न,रेडियो सुन्न, टेलिभिजन हेर्न समस्या भएको छ । ‘७२ साल १२ बैशाख बाट त हामीले टिभी त देखेकै छैनौं, रेडियो पनि सक्नेले व्याट्री हालेर सुन्छन्, हाम्ले कहाँ पाउनु ?’ बाँगागाउँका कालु गुरुङले दुखेसो पोखें । साँझमा बत्ति बाल्ने बिकल्प नहुँदा आगो फुकेर बस्नु पर्ने अबस्था रहेको स्थानियको भनाई छ । ‘मट्टितेत पनि पाईदैन, सक्नेले खाने तेल पालामा राखेर बाल्छन, नसक्ने त आगो फुक्यो बस्यो’ स्थानिय विष्णुदत्त दवाडीले गुनासो गरे ।
झ्याल्ला खोला लघु जलविद्युतका सञ्चालक देवान सिहं गुरुङले आर्थिक अभावका कारण आफूले पुनः बत्ति बाल्न नसक्ने भन्दै बत्ति बनाउन पहल नगरेको स्थानियको गुनासो छ । ‘पहिले बत्ति जोड्दा पनि हामीले प्रतिघर ५/५ हजार बुझाएका थियौ, अहिले फेरी चलाउन पैसा चाहिने कुरा आयो हामी पैसा तिर्न सक्ने अवस्थामा छैनौ ।’ स्थानिय देवीदत्त दवाडीले भने ।
साबिकको सिम्जुङ गाबिस, जिल्ला बिकास समिति र विद्युत प्राधिकरणको समन्वयमा राष्ट्रिय प्रसारण लाइन जोड्ने काम सुरु गरेपनि ठेकदारको लापरवाहीले अहिल सम्म बिजुली बल्न सकेको छैन् । गत आर्थिक वर्ष भित्र सक्नु पर्ने काम ठेकेदारले बिचैमा अलपत्र छोडेको स्थानीयको आरोप छ । उक्त स्थानमा राष्ट्रिय प्रशारण लाइन जोड्नका लागि सिम्जुङ लगिएको विजुलीको पोल र तार सडकमै अलपत्र अवस्थामा छ ।
राष्ट्रिय प्रशारण लाईनको सिरानडाँडा नम्की खण्ड बाट सो क्षेत्रमा बत्ति जोड्ने प्राधिकरणले बताए पनि अहिले सम्म पोल गाढ्ने काम भएको छैन् । विद्युत प्राधिरकरणको वितरण शाखा गोरखामा डेलिकेशन समेत आएका स्थानीयहरु आजित देखिएका छन् । प्राधिकरणले ठेकेदारलाई काम लगाउन नसक्दा अन्धकारमा बस्नुपरेको उनीहरुको गुनासो छ ।
ठेकेदारले गत आर्थिक वर्षको असार मसान्त सम्म सक्नु पर्नेकाम अलिे सम्म अलपत्र छोड्दा समेत प्राधिरणले केही नगरेको भन्दै स्थानीय आक्रोशित भएका छन् । २ दर्जन भन्दा बढि माईक्रो हाइड्रो रहेको गोरखामा भुकम्पले भत्किएका अधिकाशं लघु जलबिद्युत पुर्ननिमार्ण हुन सकेका छैनन् ।


