गोरखा समाचारदाता
पुस ११ गते । मानव सेवामा समर्पित आँबुखैरेनी सेवा समाजले ब्लड क्यान्सरबाट पिडित एक युवतीको उपचारका लागि आर्थिक सहयोग गरेको छ । आँबुखैरेनी गाउँपालिका वडा नं. ३ मिलनचोक निवासी ब्लड क्यान्सरबाट पिडीत १६ वर्षीय यम कुमारी गुरुङ्गको उपचारका लागि समाजले नगद ६० हजार रुपैंया आर्थिक सहयोग गरेको हो ।
विपी मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा गुरुङ्गको स्वास्थ्य चेकजाँचका क्रममा एक महिना अगाडी ब्लड क्यान्सर भएको चिकित्सकले बताएका थिए । सोही अनुसार अहिले गुरुङ्गको उपचार जारी रहेको र आर्थिक अवस्था ज्यादै कमजोर रहेको हुनाले आँबुखैरेनी सेवा समाजका अध्यक्ष मनोज कुमार श्रेष्ठको नेतृत्वमा ब्लड क्यान्सर पिडीत गुरुङको लागि सहयोग संकलन भइरहेको छ । संकलन भएको ६० हजार रुपयाँ गुरुङको घरमा नै गएर उनकी आमा हस्तान्तरण गरिएको छ ।


