×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

भुकम्प उपहार एक घर एक धारा

  •  
  • सोमबार, पुष १०, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    पुस १० गते । भुकम्पले दिएको पिडालाई अबसरमा परिणत गर्ने प्रयास सुरु भएको छ । बिनाशकारी भुकम्पले घरवार बिहिन भएकाहरुको चोटमा मलहम लगाउन सरकारी र गैरसरकारी सस्थाहरु मार्फत अनगिन्ती काम भइरहेका छन् । ‘अहिले त आँगनमा पानी आएको छ, तसलामा थापेर भात पकाउँछु’ अजिरकोट गाउँपालिका वडा नम्बर ४ सिम्जुङको बाँजागाउँकी उदिमायाँ गुरुङले भनिन् । घर देखि झण्डै डेढ घण्टाको पैदल दुरीमा जङ्गल विचमा रहेको धाराबाट पानी बोकेर गुजारा गर्दै आएका थिए ।

    नेपाल सरकारको एक घर एक धारा निति अनुसार आगँन मै पानीको धारा बनेपछि अहिले उनीहरु दङ्ग छन् । ‘राती नै पालो छोप्न जानुपथ्र्यो, बल्लबल्ल एक गाग्रो पानी ल्यायो, खानेकी, खाना बनाउने की, बस्तुलाइ खुवाउने, अहिले यति सजिलो भएको छ’ अस्थायी टहरो नजिकै बनेको धारामा पानी थाप्दै गरेकी सन्सरी गुरुङले खुसि हुँदै भनिन् । खानेपानीको हाहाकार रहेको बाँजागाउँमा जिल्ला खानेपानी तथा सरसफाई डिजिभन कार्यालयको समन्वय अक्सफाम र एकिकरण नेपालको साझेदारीमा बाँजागाउँ खानेपानी आयोजना निर्माण भएपछि स्थानीयको मुहारमा खुसि छाएको हो ।

    सिम्जुङको बाँजगाउँ,गोगनपानी र ताप्ले खानेपानी आयोजना निर्माण भएसँगै खानेपानीको सुबिधा हुनुका साथै पुननिर्माणको काममा पनि सहज भएको स्थानीय कालु गुरुङले बताए । क्रमश बाँजागाउँ, गोगनपानी र ताप्लेमा २१ लाख ८९ हजार,२४ लाख ४८ हजार, ११ लाख ८९ हजार लागतमा खानेपानी आयोजना निर्माण गरिएको एकिकरण नेपालका जिल्ला कार्यक्रम संयोजक तुलसीराज धितालले जानकारी दिए ।

    ‘हाम्रो तर्फबाट यति रकम उपलब्ध गराएपनि उहाँहरुले पाइपलाईन खन्ने अन्य थुप्रै काममा श्रमदान गनुभएको छ’ उनले भने । उक्त आयोजनाको पाइपलाइन निर्माणको काम तिन योजना गरी १५ लाख भन्दा बढिको जनश्रमदान छ । सिम्जुङका तिन गाउँमा मात्र १५९ वटा घरमा एक घर एक धारा कार्याक्रम अनुसार घरघरमा पानी पुरयाइएको छ ।

    यता अक्सफाम र गोरेटो गोरखाको साझदारी र जिल्ला खानेपानी तथा सरसफाई डिभिजनको समन्वयमा सुलिकोट गाउँपालिका वडा नम्बर ४ सौरपानीमा ढापेखोला खानेपानी आयोजना बनेपछि त्यहाँका स्थानियलाई पनि निकै सहज भएको छ । गाउँभन्दा झण्डै १ घण्टा टाढा जंगलबाट खानेपानी ल्याएर उपभोग गर्दै आएकाहरु अब घर बनाउन समेत सहज हुने भन्दै खुसि लागेको स्थानीय धनीमायाँ पनेरु बताईन् । ‘अब त घर पानी आएको छ, यसलाई सदुपयोग गरेर करेसाबारीमा तरकारी लगाउँछौं, पानी बोकेर खेर गएको समय अरु क्षेत्रमा खर्च गर्न पाइने भयो, निकै खुसी लागेको छ’ पनेरुले भनिन् ।

    कुल २२ लाख ६७ हजार लागतमा बनेको उक्त खानेपानी निर्माण कार्यममा ८ लाख ८६ हजार भन्दा बढिको श्रमदान गरेका छन् । भुकम्पले थला परेको उक्त गाउँ पुननिर्माणको लागि पनि मद्दत पुग्ने स्थानीयको विश्वास छ । ‘अब त घर बनाउन पनि सहज हुने भयो, पानी आँगन मै छ’ पनेरुले भनिन् । त्यहाँ ४८ घरमा धारा जडान गरी पानी समेत आइसकेको छ ।

    उक्त सबै आयोजनाको शुक्रबार र शनिवार जिल्लाका सरोकारवालाहरुले संयुक्त अनुगमन गरी उद्घाटन समेत गरेका छन् । जिल्ला संमन्वय समितिका प्रमुख अशोककुमार गुरुङ, सदस्य इन्द्रा गुरुङ, जिल्ला खानेपानी तथा सरसफाई कार्यालयका प्रमुख रत्न लामिछाने, अक्सफामका जिल्ला कार्यक्रम संयोजक बिजयराज पन्त, गोरेटो गोरखाका कार्यकारी निर्देशक पवनरमण खनाल, एकिकरण नेपालका कार्यकारी निर्देशक हरी देवकोटा, गोरेटो गोरखाकी कोसाध्यक्ष सम्झना ढकाल, एकिरण नेपालकी सचिव दुर्गा गुरुङ, सुलिकोट गाउँपालिकाका प्रमुख विष्णु भट्ट, वडा नम्बर ४ का अध्यक्ष भिम बहादुर गुरुङ, अजिरकोट गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष जङ्ग बहादुर गुरुङ, गोरेटो गोरखाका जिल्ला कार्यक्रम संयोजक पुरुषोतम ढकाल, एकिकरण नेपालका जिल्ला कार्यक्रम संयोजक तुलसीराज धिताल लगायतले खानेपानी आयोजना दिगोपनामा जोड दिदै मन्तव्य राखेका थिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, पुष १०, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.