गोरखा समाचारदाता
उत्तरी गोरखाको खोर्लाबेंसीमा भएको एकिकृत घुम्ती शिविरबाट झण्डै ४ भन्दा बढिले सेवा लिएका छन् । जिल्ला प्रशासन कार्यालय, धार्चे गाउँपालिका, सिमा प्रशासन कार्यालय सिद्र्धिवासको आयोजना तथा अक्सफाम र गोरेटो गोरखाको साझेदारी साझेदारीमा भएको उक्त शिविरमा १६४ जनाले नागरिकता लिएको गोेरेटो गोरखाका कार्यक्रम संयोजक पुरुषोतम ढकालले जानकारी दिए ।
यसैगरी ६५ जनाले जन्म दर्ता, ३ जनाको मुत्यु दर्ता लिनुका साथै ५१ जोडी बिवाहितहरुले विवाह दर्ताको प्रमाणपत्र लिएका छन् । धार्चे गाउँपालिकाको वडा नम्बर १,२ र ३ का स्थानीयलाई लक्षित गरी भएको ४ दिने उक्त शिविरबाट २७ जनाले अपाङ्गगता परिचयपत्र र एक महिलाले एकलमहिला परिचयपत्र समेत लिएका छन् ।
शिविरमा जिल्ला प्रशासन र महिला तथा बालबालिका कार्यालयले दिने सेवा प्रदान गरिएका गोरेटो गोरखाका कार्यक्रम संयोजक ढकालले जानकारी दिए ।


