नरेन्द्र ढकाल/गोरखा
पुस ९ गते । ग्रामिण भेगका भुकम्प पिडितले निर्माण सामाग्री अभाव भएको गुनासो गरेका छन् । निजि आवास अनुदानको पहिलो किस्ता बुझेर घर बनाउने तरखर गरेकाहरुले दिनहुँ सदरमुकाम धाउदा पनि निर्माण सामाग्री नपाएको गुनासो गरे । ‘घर बनाउनका लागि रड लिन भनि गोरखाबजार सबै डुले कहीँ पाइएन, हामी त समस्या परेयौं ’ अजिकोट गाउँपालिका वडा नम्बर ४ सिम्जुङका जितु गुरुङले भने । सरकारले समय सिमा निर्धारण गरेर पुस मसान्त सम्म घर बनाउनु पर्ने बाध्यकारी व्यवस्था लागुपछि रड सिमेन्ट लगायतका निर्माण सामाग्री सहज रुपमा नपाउँदा पिडित चिन्तित भएका छन् ।
‘बालुवा पनि भनेको समय पाइैदन, रड सिमेन्ट पनि बजारमा छैन् भन्छन तोकेको समयमा कसरी घर बनाउनु ?’ गुरुङले भने । सोही ठाउँका सन्तबहादुर गुरुङको पनि समस्या उस्तै छ । उनले पनि घरको डिपिसी गरेको १ महिना हुन लाग्यो, आवश्यक सामाग्रीको जोहो गर्न नसक्दा घर बनााउन सकेका छैनन् । ‘एक ट्याक्टर बालुवा ल्याउँन १ महिना लाईदिन्छ, अर्डर गरेर कुर्दैमा दिन जान्छ’ गुरुङले गुनासो गरे । निर्माण सामाग्रीको कारण यति बेला सिम्जुङमा पुननिर्माणको काम प्रभावित भएको छ ।
सिम्जुङसँगै जिल्लाका अन्य भागमा पनि सिमेन्ट र रडको अभाव हुन थालेको भुकम्प पिपिडतहरुले बताएका छन् । यता हाडवयर सामानका बिक्रेताहरुले भने तत्काल निर्माण अभाव नरहेको तर केही दिन यता आयात गर्न भने समस्या भएको बताएका छन् । ‘म सँग केही स्टक सामान छ, केही दिन भयो, नयाँ सामान ल्याउन सकेको छैन, यस्तै अवस्था रहे केही दिन अभाव हुन्छ’ हाडवयर व्यवसायी ईश्वरकाजी मास्केले भने । बाहिरबाट ल्याउनु पर्ने सिमेन्ट र रड ढुवानी गर्ने कन्टेनरहरु भारतमै रोकिएकाले नेपालमा समस्या हुन थालेको हो ।
यता स्थानीय स्तरमा पाइने बालुवा, गिट्टि र इट्टा पनि सहजै पाउन नसकिएको स्थानीयको गुनासो छ । सरकारले समय सिमा निर्धारण गरेर घर बनाउने कामलाई तिब्रता दिन भने पनि प्रयाप्त निर्माण सामाग्रीको उपलब्ध नगराउँदा भुकम्प पिडित मर्कामा परेका छन् । ढुवानी भाडा बढी, निर्माण सामाग्री चर्को मुल्य र गुणस्तहिन सामाग्रीको प्रयोगले पछिको पुर्ननिर्माण प्रभावकारी बन्न नसकेको आलोचकहरुको आरोप छ । घर बनाएरकाहरुले पनि किस्ता सिफारिस नभएको बताएका छन् ।
स्थानीय देविदक्त दवाडी भन्छन् ‘पोहोर बैशाख जेठमा घर बनाएकाहरुले समेत अहिले सम्म अनुदान पाएका छैनन्, अहिले बनाउनेहरुले कहाँबाट पाउनु ?’ वर्खा, चाडपर्व र निर्वाचन सबै सकिएपछि घर बनाउन उत्साहित भएर लागेका भुकम्प पिडितहरु अहिले निराश हुन थालेका छन् ।
उनीको समस्या बुझेका जिल्लाका सरोकारवालाहरु समाधान गर्नुको सट्टा, थाहा नपाएको जस्तो गरी बसेको पिडितको गुनासो छ ।


