गोरखा समाचार
पुस ४ गते । बुढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा पर्ने आरुघाट र आरखेतको मुआब्जा निर्धारणको लागि अध्ययन गर्न एक टोली त्यहाँ पुगेको छ । उक्त क्षेत्रको मुआब्जा निर्धारणका लागि अध्ययन गरी आवश्यक सुझाब दिन सहायक प्रमुख जिल्ला अधिकारी केशवराज शर्माको संयोजकत्वमा गठित समितिले स्थानीयसँग छलफल थालेको हो । ‘हामीले आज आरुघाट क्षेत्रको बिभिन्न ठाउँको स्थलगत रुप हे¥यौ, त्यहाँका स्थानीयसँग पनि छलफल गरेयौं’ सहायक प्रमुख जिल्ला अधिकारी शर्माले भने ।
छलफल क्रममा आरुघाट क्षेत्रको मुआब्जा तोक्ने सन्र्दभमा सहमती नजिक पुगिएको टोलीमा संलग्नहरुले बताएका छन् । ‘आरुघाट बजार क्षेत्र सबै हेर्दा त्यहाँ हुने क्षति र सरकारले दिन सक्ने क्षतिपुर्ती सन्र्दभमा हामीले अध्ययन जारी राखेका छौं’ शर्माले भने । स्थानीय रुपमा आरुघाटको मुख्य बजार क्षेत्रलाई मात्र आरुघाट मान्नेकी आसपासलाई पनि मान्ने भन्ने बिषयमा बिवाद देखिएको छ ।
आरुघाट सहर आखेतले पनि मुआब्जा पाउने स्थानीयले माग गरेपछि आरखेतको बिषयमा आज थप छलफल गर्ने तयारी गरेको हाल आरुघाटमा रहेका शर्माले भने । ‘स्थानीय सँगै सरोकारवालाहरु, राजनितिक दलका प्रमुख एवं प्रतिनिधि सामाजिक अगुवाहरुसँग हामीले छलफल जारी राखेका छौ’ शर्माले भने ‘आज फेरी आरखेतका बारेमा थप अध्ययन र छलफल गर्छौ ।’
यस अघि आरुघाट र आरुखेतलाई बिशेष क्षेत्रको रुपमा चित्रण गर्दै थप अध्ययन आवश्यक रहेको भन्दै मुआब्जा तोक्ने काम स्थगन गरिएको थियो । गोरखाको दोश्रो व्यपारिक क्षेत्र समेत रहेको आरुघाटमा बनेका संरचना र बजारलाई बिस्तापित गर्दा त्यहाँका जनतालाई मर्का नपर्ने गरी सरकारले उचित व्यवस्थापन गर्नुपर्ने विज्ञहरुले बताउँदै आएका छन् ।
स्थानीयहरु पनि आयोजना निर्माणका लागि थाकथलो छोड्न तयार भएको तर आफूहरुले उचित मुआब्जा सहित व्यवस्थापन हुन चाहेका बताउँदै आएका छन् । १२ सय मेगावटको उक्त आयोजना बन्दा आरुघाट बजार पनि डुबानमा पर्छ । उक्तको क्षेत्रका मुआब्जा तोक्न जिल्ला प्रशासन कार्यालयले आवश्यक तयारी थालेको छ । निर्वाचन सकिए लगतै उक्त क्षेत्रको जग्गा एवं अन्य संरचनाका लगत संलनका लागि प्राविधिकहरु समेत फिल्डमा खटाइएको छ ।
छलफलका लागि सो क्षेत्रमा पुगेको उक्त टोलीले अझै केही दिन त्यहाँ बसेर सबैको राय सल्लाह लिने र प्राविधक हिसावमा जग्गाको प्रकृति, चलन चल्तीको मुल्य, स्थानीयको चाहना भावना सबै समेटेर प्रमुख जिल्ला अधिकारी नेतृत्वको मुआब्जा निर्धारण समितिलाई सुझाब दिने सहायक प्रजिअ शर्माले बताए । अन्य ठाउँको भने यस अघि नै मुआब्जा तोकिएको छ ।
गोरखाका साबिकका ३ गाबिसहरु घ्याल्चोक, दर्बुङ र भुम्लिचोकमा मुआब्जा वितरढा समेत भईसकेको छ भने बाँकी गाबिसहरुमा वितरणको तयारी थालिएको जिल्ला प्रशासन कार्यालय जानकारी दिएको छ ।




















