मोहसिन अलि मियाँ/गोरखा
जिल्लामा लाभग्राही सुचीमा नाम छुट भई गुनासो फारम भरेका करिब ४ हजार भुकम्प पिडितको घर पुनःसर्वेक्षण अझै भएको छैन । भुकम्प गएको करिब ३२ महिना महिना बितिसक्दा समेत घर पुनःसर्वेक्षण नहुदा उनिहरु अन्यौलमा परेका छन् । गत साउन २८ गते देखि जिल्लामा पुनःसर्वेक्षण्मा खटिएका इन्जिनियरलाई काम नै सम्पन्न नगरी सरकारले गत महिना फिर्ता बोलाएको थियो ।
तर जिल्लाको पुनःसर्वेक्षणको काम नै सम्पन्न नगरी फिर्ता गएका इन्जििनियर हालसम्म पनि नफर्किदा भुकम्पपिडितहरुमा थप अन्यौलता आएको छ । ‘हामीले के गर्ने के नगर्ने भयौ, इन्जिनियर घर नाप्न नि आउदैनन, घर ढलेको छ, कतिन्जेल कटेजमा बस्ने ?’ पालुंटारका नवराज रानाले भने ।
जिल्लामा १५ हजार भन्दा बढि घर लाभग्राहीमा नाम छुटेको भन्दै गुनासो फारम संकलन भएको छ तर साउन देखि कार्तिक मसान्तसम्म ११ हजार ९ सय ६३ मात्र घर पुनःसर्वेक्षण सम्पन्न भएको थियो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको केन्द्रिय कार्यालयले करार अवधी सकिएको र केही दिन मै इन्जिनियर पुनः खटाउने भन्दै फिर्ता बोलाएको थियो । तर इन्जिनियर फिर्ता भएको १ महिना भन्दा बढि समय भइसक्दा समेत गाँउमा इन्जिनियर नखटाउदा पुनःनिर्माण थप प्रभावित बनेको छ ।
पुनःसर्वेक्षणमा खटिएका २८ जना इन्जिनियर मध्ये १२ जना भने सरकारले फिर्ता बोलाउनु भन्दा अघि नै गइसकेको थिए । नजिकिदै गरेको चुनावले पुनःसर्वेक्षणको काम प्रभावित हुने भन्दै चुनाव पश्चात इन्जिनियरको करार अवधी थप गरी पुन पठाउने गरि फिर्ता बोलाइएको भएता पनि हालसम्म नपठाउदा लाभग्राहीमा नाम छुट भएका भुकम्प पिडितहरु थप मर्कामा परेका हुन् ।
यता राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितीको सचिवालयलाई पनि जिल्लामा इन्जिनियर कहिले आउछन् भन्ने जानकारी नभएको बताउछ । ‘खै अस्ति नै आइसक्नु पर्ने हो, अहिलेसम्म पठाएको छैन, पठाउछु चाइ भन्छ तर कहिले हो थाहा छैन’ सचिवालयका निमित्त प्रमुख शिवलाल पौडेलले भने ।
पुनःसर्वेक्षण गर्न आउने इन्जिनियर अब नयाँ आउन लागेको भन्दै पौडेलले यहि हप्तासम्म आउन सक्ने अनुमान लगाए । ‘अस्ति देखि बल्ल इन्जिनियरलाई तालिम दिइरहेको सुनेको छु, सायद यो हप्तासम्म तालिम सकेर आउछन् होला’
जिल्लामा अझै गुनासो फारम भरेका करिब ३ हजार ५ सय भन्दा बढिको सर्वेक्षण बाँकी छ । त्यस्तै प्रत्येक वडा कार्यालयमा गुनासो दर्ता गराएकाको समेत सर्वेक्षण गर्न बाँकी रहेको सचिवालयका पौडेल बताउछन् । तर वडामा कति गुनासो दर्ता भएका छन् भन्ने जानकारी भने कार्यालयलाई प्राप्त नभएको पौडेलको भनाई छ । ‘३५ सय त हामीसंग लिस्ट भाका घर नै बाँकी छ, अनि वडामा पनि छुट्टै दर्ता भएका छन, ति पनि बाँकी नै छ ।’
कार्यालयले बारम्बार नगरपालिका र गाउँपालिकाका वडाहरुलाई दर्ता भएका गुनासोको विवरण पठाउन ताकेता गरेको भए पनि विवरण प्राप्त नभएको पौडेल बताउछन् । ‘मैले सबै वडालाई विवरण पठाउन भनेको भनकै छु, तर किन हो वडाले पठाउन आनाकानी गरिरहेको छ, मलाई केन्द्रले जिल्ला भरको सबै विवरण पठाउन भनेको भनेइ छ ।’
करिब चार हजार लाभग्राही सुचीमा नाम छुटेकाको घर पुनःसर्वेक्षण भएन
करिब चार हजार लाभग्राही सुचीमा नाम छुटेकाको घर पुनःसर्वेक्षण भएन
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















