नरेन्द्र ढकाल/गोरखा
सांसद हरिराजअधिकारीले जिल्लाको क्षेत्र १ लाई ५ वर्ष भित्रसमृद्ध बनाउने दाबी गरेका छन् । गोरखा समाचारसँगको विशेष कुराकानीमाअधिकारीले कृषि रपर्यटनलाइजोड दिदै आगामी ५ वर्षमाउक्त क्षेत्रकाजनताको जिवनस्तरमा कायापलट गराउने बताए । ‘क्षेत्रनम्बर १ माबाम गठबन्धन बिजयीभएको छ, हामी ३ जना कम्न्युनिस्टकार्यकताले क्षेत्र नम्बर १ मानेतृत्वगर्ने अबसर पाएका छौ’ उनले भने ‘आज १ नम्बरकाजनताकोजुनचित्र छ ५ वर्षमा फेरिनेछ ।’ आफूहरु सामुअबसर र चुनौतीदुबै भएको भन्दै अधिकारीले देशभर बामगठबन्धनका पक्षमाजनलहर आएकाले गोरखालीजनतापनिउत्साहितभएको बताए ।
‘बामगठबन्धनका पक्षमादुईतिहाई नजिकको जनमतआएको छ, स्वभाविक रुपमाजनताकाअपेक्षाहरु त हुने नै भए’अधिकारीले भने ‘जनताको आशाअपेक्षालाई पुरा गर्न म इमान्दातिाका साथपहल र प्रयत्न्न गर्छु ।’ जनजिविका सँग प्रत्यक्षजोडिएका सडक, खानेपानी, शिक्षा, स्वास्थ्य जस्ता सेवालाई प्रभावकारी बनाउनविशेष जोड दिने उनले बताए । त्यसकालागि महत्वपुर्ण मानिएका सडकहरु बिस्तार एवं स्तरउन्नतीकालागिकामगर्ने उनको योजना छ । ‘उत्तरी गोरखाहुँदै चिनको सिमाना सम्मपुग्ने जुनमोटरबाटो नेपाली सेनाले बनाउँदै छ, त्यसलाई समयमा पुरा गर्न भुमिका खेल्ने मेरो पहलहुनेछ’ अधिकारीले भने ‘आरुघाट जाने मुख्य सडक, हरेक स्थानीयतहको केन्द्र सम्मपुग्ने सडक पिचगर्ने गरी काम अगाडी बढाउँछु ।’
निर्वाचन अघि नै आफूले जनतामाझ गरेका प्रतिवद्धता र बनाएका योजनाहरुलाई नै मुख्य रुपमाकार्यान्वयन गराउने उनको योजना छ । बुढिगण्डकी आयोजनानिर्माणका लागिनयाँ सरकार बन्ने बित्तिकै नयाँ ढङ्गले पहल शुरु गर्नेअधिकारी बताए । ‘बुढीगण्डकीको बिषयमाकामचलाउन सरकारले गरेका सबै निर्णयहरु उल्ट्याउँछौ, आयोजनाबन्ने वातावरण बिग्रिएको छ, हाम्रो सरकार बन्ने बित्तिकै यसले नयाँ बाटो लिन्छ’ उनले भने । मुआब्जातोकिएको स्थानको मुआब्जाबितरण, तोक्नबाँकी स्थानको मुआब्जातोक्ने र प्रभावितलाई पुनस्र्थापना र पुर्नबासको कामपनिथाल्ने अधिकारीको योजना छ । ‘हामीभर्खर निर्वाचितभएका छौ, धेरै कुरा अध्ययनगर्न बाँकी नै छ, सबै कुरा बुझेर जनताकापक्षमा निर्णय लिन्छौ’ उनले भने ।
उत्तरी गोरखामाबिकासकापुर्वाधारहरु निर्माण गर्दै पर्यटन प्रर्वद्धनमाजोड दिनेअधिकारीको योजना छ । तल्लो क्षेत्रमापनिमनकामना र गोरखाली, गोरखनाथलाई जोडेर धार्मिक तथा ऐतिहासिकपर्यटक भित्र्याउनेखालकाकार्यक्रमहरुलाई जोड दिने बताए ।भुकम्प पछिको पुर्ननिर्माणलाई मुख्यप्राथमिकतामा राखेर सरकारले तोकेको समय सिमाभित्र घर बनाउन प्रेरित गर्ने अधिकारीले बताए । ‘समग्र रुपमाहामी ५ वर्ष भित्रगोरखा क्षेत्र नम्बर १ को चित्र फेर्छौ, जनताले परिवर्तनको महसुस गर्न पाउनुहुनेछ, त्यो समयले देखाउला’उनले भने ।
हाल काठमाण्डौंमा रहेकाअधिकारी अब केहीदिनमाजिल्लाफर्केर चुनाव अघि जस्तै घरदैलो गर्दै गाउँ÷गाउँमापुगेर मतदाताको सल्लाह सुझावअनुसार योजनाबनाएर मात्रकामथाल्ने उनले बताए । अधिकारी पहिलो पटक संसदमापुगेकाहुन् । उनले नेपालीकाँग्रेसकाचिनकाजीश्रेष्ठ हराएर ५ वर्षकालागिप्रतिनिधि सभा सदस्यमाचुनिएकाहुन् ।
माओवादी केन्द्रका ४ नम्बर प्रदेश संयोजकसमेत अधिकारी बामगठबन्धका तर्फबाट निर्वाचन लडेकाथिए ।




















