नरेन्द्र ढकाल/गोरखा
पूर्व प्रधानमन्त्रीएवं गोरखा क्षेत्र नम्बर २ का सांसद डाक्टर बाबुराम भट्टराइले आफूलाई प्रयोग गर्न आग्रह गरहेका छन् । गोरखा उद्योग वाणिज्य संघले डाक्टर भट्टराइको सम्मानमा गरेको स्वागत, भेटघाट तथा छलफल कार्यक्रमबोल्दै आफुसँग रहेको विज्ञता प्रयोग गर्न निजि क्षेत्रलाई अनुरोध गरेकाहुन् । ‘तपाइँहरुले मलाई प्रयोग गर्नुस्, अब मेरो कुनै स्वार्थ छैन, जिल्लाको बिकास र समृद्धिका लागि पार्टी भन्दामाथि उठेरहातेमालो गर्न तयार छु’ उनले भने । पुर्वप्रधानमन्त्रीका हैसियतले विदेशीदाताहरुसँग व्यक्तिगत रुपमापनिआफ्नो सम्बन्ध राम्रो रहेको भन्दै निजि क्षेत्रले आफूलाई प्रयोग सकेजिल्लामाठुलो लगानीभित्र्याउन सकिने दाबी गरेका छन् ।‘गोरखामालगानीको निम्ति यस्ता क्षेत्रहरु पहिचान गरौं,त्यस्कालागीजोइन्ट भेन्चरहरुको कोर्डिनेसन गर्नुपर्ने हुन्छ, हाम्रो मात्रपुँजीले पुग्दैन्, म लबिङ गर्न तयार छु’ डाक्टर भट्टराईले भने । छिमेकीमुलकचिन र भारतबाटप्रशस्तमात्रामालगानीभित्र्याउन सकिने भन्दै उनले आफूसँग रहेको पूर्वप्रधानमन्त्री ब्राण्ड बेच्नतयार रहेको समेत बताए । ‘चिनले लगानीको थुप्रै ठाउँ खोजिरहेको छ । उनीहरुलगानीकानिम्तिलालायित देखिन्छ’ नयाँशक्ति पार्टीका संयोजक समेत रहेका भट्टराइले भने ‘पुर्वप्रधानन्त्रीनै तपाइसँगजोडिएर गयो भने माहोल त्यसै बनिहाल्छ, तपाइलाई आइडेन्टीको कुनै समस्या पर्दैन ।’ आफू लामो समय भारतमा बसेको समकालिनहरु नैअहिले त्यहाँको नेतृत्वतहमा रहेको भन्दैउनीहरुसँग पनिलबिङ गर्न सकिने उनको दाबी छ । ‘भारतमापनि म धेरै बसे अहिले नेतृत्वमाभएको धेरै मानिसहरुसँग मेरा व्यक्तिगतचिनजान छ, उद्यमीव्यवसायीलगानीकर्ताहरुसँग पनि छ, श्रोत जुटाउन म लबिङ गर्न सक्छु, अन्य बिदेशीदाताहरुसँग पनि मेरो सम्बन्धउत्तिकै राम्रो छ’ डाक्टर भट्टराइले भने ।
अहिले राजनितिक रुपमाआफू स्वतन्त्रव्यक्तिको हैसियतमा रहेकाले सबै विचार र आस्था राख्नेहरुसँग सहकार्य गरी जिल्लाको बिकासमाध्यानकेन्द्रितगर्ने उद्योगीव्यवसायी सँग प्रतिवद्धता समेत व्यक्त गरको छन् । ऐतिहासिक, धार्मिक एवं पर्यटकिय सम्भावनाले भरिपुर्ण गोरखालाई नेपालकै उत्कृष्ठगन्तव्यबनाउनु पर्ने भन्दै डाक्टर भट्टराईले सोकालागिआवश्यकपुर्वाधार निर्माणमा पहिले जोड दिनुपर्ने बताएका छन् । कार्यक्रममागोरखाउद्योग वाणिज्यसंघका अध्यक्षश्रवणकुमार जोशीले डाक्टर भट्टराइले बिगतमापनिजिल्लाको निजि क्षेत्रलाईहितहुने खालकाकार्यक्रम गरेको भन्दै आगामीदिनमापनि सहकार्य गर्न चाहेको बताए । कार्यक्रममाजिल्लामाक्रियाशिल संघसस्था, उद्योगीव्यवसायीलगायतनिजि क्षेत्रको सहभागीता रहेको थियो ।
भट्टराइले भने मलाईप्रयोग गर्नुस्
भट्टराइले भने मलाईप्रयोग गर्नुस्
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















