गोरखाले आगामी ५ वर्षका लागि जनप्रतिनिधि पाएको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनका प्रतिनिधि चुनिएसँगै संबिधान कार्यन्वयनको महत्वपुर्ण खुड्किलो मानिएको निर्वाचन सकिएको छ । गोरखार्ली जनताले ५ वर्षका लागि छानेका प्रनिनिधिहरु को को कस्ता छन त ? हामीले उनीहरुको संक्षित जिवनी तयार पारेका छौ ।
हार्न नजानेका बाबुराम

डा. बाबुराम भट्टराईको जन्म वि.सं. २०११ साल असार ४ गते खोप्लाङको बेलवास गाउँमा भएको हो । पिता भोजप्रसाद भट्टराई र आमा धर्मकुमारी भट्टराईका ६ सन्तानमध्ये तेस्रो सन्तान हुन । २०१८/०१९ सालबाट अनौपचारिक रुपमा आधुनिक शिक्षा लिन थालेका उनी खोप्लाङमा भर्खर खुलेको अन्नपूर्ण प्रा.वि.मा वहाँ ३ कक्षामा भर्ना भए । त्यस अघिको अध्ययन उनले घरमै गरेका थिए । खोप्लाङ कै अमरज्योति जनता हाइस्कूल खुलेपछि उनलाई त्यहाँ लगेर ३ कक्षामा भर्ना गरियो । २०२६ सालको एस.एल.सी. परीक्षामा उनी बोर्ड प्रथम समेत भए ।
काठमाडौंको अमृत साइन्स कलेज (अस्कल) मा आइ.एस्सी. पढ्दापढ्दै छात्रवृत्ति पाएका भट्टराई आर्किटेक्चरल इञ्जिनीयरिङ पढ्नको लागि २०२९ मा भारतको चण्डीगढ पुगे ।
भारतका विभिन्न विश्व विद्यालयमा पढेका भट्टराई २०४२ सालमा द नेचर अफ अण्डरडेभलोपमेन्ट एण्ड रिजनल स्टक्चर अफ नेपाल विषयमा विद्यावारिधी गरे पछि उनी नेपाल फर्के त्यसपछि उनको राजनिति जिवन सुरु भयो । स्कुले जिवनमा पनि पञ्चायतको बिरुद्ध विद्यार्थी राजनतीमा सकृय उनी भारतमा बस्दा प्राप्त राजनितिक चेतनाको बलमा नेपाल उनको राजनितिक यात्रा अगाडी बढ्यो । २०५२ सालमा हालका प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवालाई ४० बुँदे ज्ञापनपत्र बुझाएर भुमिगत भएका उनी २०६२/०६३ आन्दोलन पछि सार्वजानिक भएका हुन् । दश वर्षै जनयुद्धको मुख्य योजनाकार भट्टराई शान्ति स्थापनका पनि मुख्य पात्र हुन् ।
त्यसपछि २०६४ सालमा भएको पहिलो संबिधान सभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट सर्बाधिक ४८ हजार मत ल्याएर बिजयी भएका उनी पहिलो पटक अर्थमन्त्री बने । त्यसपछि प्रधानमन्त्री बनेका भट्टराईले संबिधान जारी हुन नसकेपछि संसद बिघटन गरी सत्ताबाट बाहिरिएका थिए । छोटो समय सत्तामा रहेका भट्टराई धेरै काम लोकप्रिय मानिन्छन् । दोश्रो संबिधान सभा निर्वाचन पछि संबिधान निर्माणको क्रममा मुख्य भुमिका खेलेका भट्टराई संबिधान जारी भए सँगै संसद सदस्य बाट राजिनामा दिदै आफैले स्थापना गरेको माओवादी पार्टी छोडेर नयाँ शक्ति निर्माणमा लागेका थिए । त्यसपछि भएको पहिलो प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट बिजयी बनेका छन् ।
दवाडी अर्थात कुशल युवा नेता
हालको अजिरकोट गाँउपालिका ४ सिमजुङ स्थयाी ठेगाना भएका प्रकाशचन्द्र दवाडी गोरखा क्षेत्र नम्बर २ को प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । वि.स. २०३२ भाद्र १६ गते जन्मेका दवाडीको राजनितिक यात्रा विद्यार्थी जिवनबाटै आरम्भ भएको हो । २०४६ सालबाट नेपाल बिद्यार्थी संघबाट राजनिती सुरु गरेका उनी पछिल्लो समय समाजसेवामा समेत सक्रिय छन् ।
पार्टी भित्र र बाहिर स्वाभिमानी नेताका रुपमा स्थापित बनाएका दवाडीले एम.ए. सम्मको अध्ययन गरेका छन् । केहिसमय जापानमा बसेर आफ्नो ब्यवसाय सञ्चालन गरेका उनिले आफ्नो कमाइको केही प्रतिशत रकम समाजसेवामा खर्च गरेका छन् । आफ्नो क्षेत्रमा ब्यक्तिगत खर्चमै विद्यालय भवन निर्माण देखि विद्यार्थीहरुका लागि छात्रबृद्धि समेत वितरण गरिरहेका दवाडी पार्टीमा कुशल युवा नेताको रुपमा समेत आफुलाई उभ्यिाउन सफल भएका छन् ।
पछिल्लो समय पार्टीमा महासमिती सदस्य पदमा रहेका उनि यस निर्वाचनमा गोरखामा काँग्रेसबाट निर्वाचित हुने एक मात्र सदस्य बनेका छन् ।
दवाडीले बाम गठबन्धनका उम्मेदवार एवम नेकपा माओवादी केन्द्रका नेता अमर बहादुर तमुलाई २ हजार ४ सय ४२ मतान्तरले पराजित गरेका हुन् । विजयी दवाडीले १५ हजार ८ सय ५३ मत ल्याएका छन् ।
विद्यार्थी आन्दोलनका अभियान्ता आचार्य
पालुंटार नगरपालिका वडा नम्बर २ खोप्लाङ पोखराबेशी स्थायी ठेगाना भएका हरिशरण आचार्य गोरखा क्षेत्र नम्बर २ को क प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । वि.स. २०३५ भाद्र ६ गते जन्मेका अचार्यले विद्यार्थी जिवनबाटै राजनिती सुरु गरेका थिए । इन्टर मिडिएटसम्म पढाई सम्पन्न गरेका उनी २०५४ सालबाट तत्कालिन नेकपा माओवादीको पूर्णकालिन कार्यकर्ताका रुपमा संलग्न भएका थिए । सोही अवधीबाटै जनयुद्धमा होमिएका आचार्य क्रान्तिकारी विद्यार्थीको गोरखा जिल्ला अध्यक्ष समेत बनेका थिए ।
पार्टी भित्र विद्यार्थी आन्दोलनका अभियान्ताको परिचय बनाएका आचार्य एक बर्ष अघि डाक्टर बाबुराम भट्टराईसंगै माओवादी छोडेर नयाँ शक्ति पार्टी निर्माण अभियानमा लागेका थिए । हाल नयाँ शक्तिको केन्द्रिय कार्यकारी समिती सदस्य रहेका आचार्यले प्रदेशसभा सदस्यको यात्रा तय गरेका छन् डा.।
काँग्रेसको सहयोगमा चुनाव लडेका आचार्यले बाम गठबन्धनकी उम्मेदवार एवम नेकपा माओवादी केन्द्रकी नेतृ कमला नहर्कीलाई ३ हजार २ सय ७८ मतान्तरले पराजित गरेका हुन् । विजयी आचार्यले १५ हजार ३ सय ४३ मत ल्याएका छन् ।


