गोरखा समाचारदाता
मंसिर २७ गते । भुकम्पका कारण गएको पहिरोले गाउँ नै विस्तापित भएको केरौजा गाउँका अघिकाशं घर स्थान्तारण गर्नेुपर्ने देखिएको छ । राष्ट्रिय पुर्ननिर्माण जिल्ला समन्वय समितिको सचिवालयका निमिक्त प्रमुख शिवलाल पौडेल नेतृत्वमा प्राविधिक सहित केरौंजा पुगेको टोलीले १ सय ३२ भन्दा बढि घर स्थानान्तरण गर्नुपर्ने निश्कर्ष निकालेको छ । ‘हुन त हामी भुगर्भविद् होइनौं, नाङ्गो आँखाले हेर्दा पनि १ सय ३२ भन्दा बढि घर सानुपर्ने देखिन्छ’ गोरखा समाचार सँगको कुराकानी पौडेलले भने । प्राधिकरणले भने केरौजाका ८६ घर मात्र स्थानान्तरका लागि पिडितलाई दुई वटा बिकल्प मध्ये एक रोजाएर काम अगाडी बढाउन निर्देशन दिएको छ ।
प्राधिरणले आफै जग्गा खोजेर बस्न चाहनेहरुलाई घडेरी किन्न भन्दै २ लाख अनुदान दिने वा सरकारले खोजिएको जग्गामा घर बानाएर बस्ने यी दुई बिकल्प रोज्न पिडितलाई आग्रह गरेको छ । तर त्यहाँका अधिकाशं घर अन्यत्र सार्नु पर्ने स्थानीयको माग छ । ‘मैले सबै घर औल्याएर गन्दा पनि अधिकाशं घर सार्नुपर्ने देखिन्छ, स्थानीयहरु पनि हामी यहाँ बस्न सक्दैनौं भन्छन्’ पौडेलले भने । प्राधिकरणले दिएको दुई बिकल्पका बारेमा पनि टोलीले स्थानीयसँग छलफल गरेको छ ।
पिडितहरुले सरकारले दिएको दुबै बिकल्प आफूलाई स्वीकार्य रहेको तर एकै पटक पुरै केरौजा गाउँको पक्षमा निर्णय हुनुपर्ने माग राखेका छन् । वडा अध्यक्ष, गाउँपालिका प्रमुख समेत सहभागी छलफलमा गाउँपालिकाले जग्गा खोजेर राख्ने विषयमा पनि छलफल भएको छ । ‘अधिकाशंको चाहना एकै ठाउँमा बस्ने छ तर ठाउँ मिल्नु परयो, हामी प्रयत्न गर्दै छौ’ धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले भने । अहिले तिन वटा ठाउँ बिकल्पको रुपमा प्रस्ताव भएका छन् ।
अहिलेको केरौजा गाउँ भन्दा माथिको दुङ्गान, केरौजा पारीपट्टीको नयाँ डाँडा र केही तल रहेको लामाबेसीं वस्ती स्थानान्तरको सम्भावित स्थानको रुपमा प्रस्ताव गरिएको छ । अधिकाशको चाहना लामाबेंसीमा बस्ने भएपनि उक्त जग्गा खेतियोग्य आवाधिक खालको रहेकाले प्राप्ती गर्न कठिन हुने गुरुङले बताए । ‘हाम्रो माग त प्राधिकरणले लामाबेसीको जग्गा नै अधिग्रहण गरिदिओस् भन्ने हो, सबै गाउँलेको चाहना पनि त्यहि छ’ उनले भने । १ सय ३२ मात्र नभई गाउँ पुरै स्थानान्तरण गर्नुपर्ने उनको भनाई छ ।
केरौजा पुगेको प्राधिकरण जिल्ला समन्वय समितिका निमिक्त प्रमुख पौडेलले सदरमुकाम फर्केर स्थानीयको माग र त्यहाँको अवस्थाबारेमा प्राधिकरणलाई जानकारी गराएका छन् । ‘मैले सबै कुरा उल्लेख गरी प्राधिकरणलाई मेल लेखिसकेको छु’ उनले भने ‘हामीले मात्र उक्त कुरा टुंग्याउन सक्दैनौं, प्राधिकरण उच्च व्यक्ति सहित भुगर्भविद् पठाईदिनु प¥यो भनेर माग पनि गरेको छु ।’ भुकम्प गएको झण्डै ३२ महिना बिति सक्दा समेत केरौजा लगायतका गाउँ अझै जोखिम छन् ।
त्यहाँका स्थानीयहरु जोखिम मोलेर बसिरहेका छन् । पछिल्लो समय सरकारले भुकम्पबाट अतिप्रभावित भएर अन्यन्त्र स्थानान्तरण गर्नुपर्ने बस्तीलाई घडेरी खरिदका लागि २ लाख दिने निर्णय गरेको छ भने एकिकृत बस्ती बिकास गर्ने चाहनेहरुलाई प्राविधक सहयोग सहित पुर्वाधार बिकासमा थप सहयोग गर्ने स्पष्ट पारेको छ ।
झण्डै ६ सय घरधुरी रहेको केरौजा गाउँका ८६ घर स्थानान्तरको सुचीमा समावेस गरी सार्ने प्रयास सुरु भएको हो । उक्त काम छिटै गति लिने राष्ट्रिय पुर्ननिर्माण प्राधिकारण जिल्ला समन्वय समितिको सचिवालयले जानकारी दिएको छ ।




















