गोरखा समाचारदाता
मंसिर २७ गते । भर्खरै सकिएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक तर्फ नेपाली काँग्रेस गोरखाले सबै भन्दा धेरै मत पाएको छ । काँग्रेसले ३५ हजार ४१९ मत पाएको छ भने उसको निकटम प्रतिद्धन्दी माओवादी केन्द्र दोश्रो भएको छ । बामगठबन्धनको एक घटक माओवादी केन्द्रको पक्षमा ३४ हजार ७३३ मत झरेको छ ।
गठबन्धन बनाएर चुनावमा होमिएको काँग्रेसले २ प्रतिनिधि र ४ प्रदेश सभा गरी ६ सिट मध्ये प्रत्यक्ष तर्फ प्रदेशसभाको १ सिट जिते पनि समानुपातिकमा सर्वाधिक मत ल्याएको हो । बामगठबन्ध बनाएर एमालेसँगको सहकार्यमा निर्वाचन लडेको माओवादी केन्द्रले प्रत्येक्ष तर्फ भने १ प्रतिनिधी सभा र १ प्रदेश सभा गरी २ सिट जिते पनि समानुपातिक तर्फ काँग्रेस भन्दा ६८६ मत कम ल्याएको छ । देशभरबाट एकल बहुमत उन्नमुख नेकपा एमाले भने गोरखामा चौथो भएको छ । उसलाई पहिलो पटक निर्वाचनमा भाग लिएको पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टी नेपालले समेत उछिनेको छ । गोरखामा नयाँ शक्तिले १८ हजार ४१३ र एमालेले १७ हजार ४१३ भोट पाएका छन् । एमाले भन्दा नयाँ शक्तिले ६०० मत बढि ल्याएको छ ।
१ लाख २३ हजार ७ सय ७६ मत खसेकोमा यहाँ १२ हजार ६ सय ७० मत बदर भएको मुख्य निर्वाचन अधिकृत नारायण सापकोटाले जानकारी दिए । कुल खसेको मतको १०.२३ प्रतिशत मत प्रतिनिधि सभा तर्फ बदर भेटिएको छ । यो सँगै गोरखाको मतगणना कार्य सकिएको छ । ‘मतगणना कार्य मंगलबारबाट सकिएको छ, हामीले समानुपातिक तर्फ दुई वटै निर्वाचन क्षेत्रको अलग÷अलग मतगणना गरेका थियौं’ जिल्ला निर्वाचन अधिकारी नारायण प्रसाद सापकोटाले भने‘उक्त रेर्कडलाई समायोजन गरि आयोगमा समेत बुझाईसकेका छौ ।’
प्रदेश तर्फ भने काँग्रेसलाई माओवादीले उछिनेको छ । उसले ३४४ मतान्तरले काँग्रेसलाई पछि पारेको हो । प्रदेश सभामा समानुपातिक तर्फ खसेको १ लाख २३ हजार ७ सय ७६ मत मध्ये सबैभन्दा बढि माओबादी केन्द्रले
२ हजार ९ सय ३३ मत प्राप्त गरेको छ । प्रतिनिधि सभा तर्फ सबै भन्दा धेरै मत ल्याएको नेपाली काँग्रेसले ३२ हजार ५ सय ९५ मत ल्याएको छ । प्रतिनिधि सभामा जस्तै प्रदेश सभामा पनि एमालेलाई नयाँशक्ति पार्टी नेपालले उछिनेको छ । नयाँशक्तिले १८ हजार ८ सय ७ ल्याएको छ भने एमालेले १७ हजार १ सय २३ मत प्राप्त गरेको छ । प्रदेश सभातर्फ १८ हजार २ सय ८५ अर्थात कुल खसेको मतको १४.७७ प्रतिशत मत बदर भएको छ । प्रत्यक्षमा भन्दा समानुपातिकमा धेरै मत बदर भएको देखिन्छ । समानुपातिक पनि गोरखामा अन्य साना दलहरुले राम्रो परिमाण ल्याउन सकेन् । पहिलो पटक निर्वाचन लडेका नयाँशक्ति पाटी नेपाल ,विवेकशिल साझा पार्टीले समानुपातिकम पनि उल्लख्य मत ल्याउन नसेको स्पष्ट देखिन्छ उनीहरुको पाएको मत परिणाम निकै न्यून छ । त्यसैगरी राप्रपा, राप्रपा प्रजातान्त्रिक, संघिय समाजवादी फोरम, गणतान्त्रीक देशभक्त मोर्चा, जनमोर्चा, माले जस्ता पार्टीले प्रत्यक्षमा जस्तै समानुपातिकमा पनि सम्झना लायक मत नपाएको देखिन्छ । उनीहरुलाई गोरखा मतले हेर्दा पनि राष्ट्रिय पार्टी बन्न मुस्किल देखिन्छ ।
समानुपातिकमा का“ग्रेसलाई सर्बाधिक मत
समानुपातिकमा का“ग्रेसलाई सर्बाधिक मत
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


