मोहसिन अलि मियाँ/गोरखा
गोरखाको प्रतिनिधि र प्रदेश सभाकोे निर्वाचनमा प्रत्यक्ष तर्फ झण्डै ६ प्रतिशत मत बदर भएको छ । स्थानीय तहको निर्वाचनको तुलनामा यस पटकको निर्वाचनमा बदर मतको संख्या अनुमान गरेको भन्दा बढी नै देखिएको छ ।
गोरखाको दुई निर्वाचन क्षेत्र र चार प्रदेशसभाको प्रत्यक्ष तर्फको खसेको मतलाई हेर्दा बदर मतको उल्लेख्य रहेको छ । जिल्लामा मतदाता शिक्षा प्रभावकारी बन्न नसक्दा बदर मत बढेको हुन सक्ने जिल्ला निर्वाचन कार्यालय गोरखाको भनाई छ । ‘हामीले खटाएका मतदाता स्वयमसेवकहरु प्रत्येक मतदातासम्म पुग्न सकेनन्, हामीले योजना गरे अनुसार समय पनि मिलेन’ जिल्ला निर्वाचन अधिकारी नारायण प्रसाद सापकोटाले भने ।
जिल्लामा प्रत्यक्ष तर्फ खसेको मत परिणाम अनुसार ५ दशमलव ५९ प्रतिशत म तबदर भएको कार्यालयको भनाई छ । जसअनुसार जिल्लाभर १ लाख २३ हजार ८ सय १९ मत खसेकोमा ६ हजार ९ सय ३८ मत बदर भएको निर्वाचन अधिकारी सापकोटाले जानकारी दिएका छन् । ‘कुल खसेको मतलाई हेर्दा प्रत्यक्षमा साडे पाँच प्रतिशत भन्दा बढि मत बदर देखिन्छ, हामी किन यस्तो हुन गयो भनेर अध्ययन मै छौ’
त्यस्तै क्षेत्र नम्बर १ मा कुल ६३ हजार ६ सय ४ मत खसेकोमा ४ हजार ३ सय २ मत बदर भएको छ । क्षेत्र नम्बर २ को भन्दा यस क्षेत्रमा बढि मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । दुइ प्रदेश मध्ये प्रदेश ख मा मत बढि देखिएको कार्यालयको भनाई छ । ‘क्षेत्र नम्बर १ मा खसेको मतलाई हेर्दा ६ दशमलव ७९ प्रतिशत म तबदर देखिएको छ, धार्चे र चुननुब्रिका केन्द्रहरुको मत बढि बदर आएको छ’ जिल्ला निर्वाचन अधिकारी सापकोटाले भने ।
गोरखा क्षेत्र नम्बर २ मा भने १ को भन्दा केही प्रतिशत कम मत बदर भएको देखिन्छ । कुल खसेको मत ६० हजार ६ सय ४ मध्ये ५७ हजार ४ सय ७९ मत सदर रहेको छ । जसअनुसार २ हजार ६ सय ३६ मत बदर हुन आउछ । क्षेत्र नम्बर १ मा ६ दशमलव ७९ प्रतिशत रहेकोमा २ मा भने ४ दशमलव ३९ प्रतिशत म तबदर भएको निर्वाचन कार्यालयको भनाई छ ।
स्थानीय निकायको निर्वाचनमा केही समय अघि मात्र मतदान गरेर बसेका मतदातामा रहेको द्विविधाका कारण पनि बदर मतको संख्या बढी भएको हुन सक्ने कार्यालयले अनुमान गरेको छ । कुन मत पत्रमा कुन पार्टीलाई मत दिने भनेर सबै मतदातामा ज्ञान नहुँदा र सदाको भन्दा मतदान गर्ने प्रक्रिया केही फरक हुँदा पनि मतदातामा अलमल देखिएको निर्वाचन अधिकारी सापकोटाको भनाई छ । ‘स्थानीय चुनावमा एउटा मत पत्रमा ७ वटा छाप लगाउनु पर्छ भनेर सिकायौ, अहिलेको मत पत्र अनुसार भोट हाल्न सिकाउन सबै मतदातासम्म हामी पुग्न सकेनौ त्यसैले पनि बढेको हुन सक्छ’
पार्टीहरूमा भएको गठबन्धनले पनि मतदाताहरू अलमलमा परेकोले उनको भनाई छ । ३ वटा मतपत्रमा ४ वटा छाप लगाउनु पर्ने भएकाले पनि मतदाताहरूमा समस्या देखा परेकोले बदर मतको संख्या बढेको हुन सक्ने सापकोटा बताउछन् । ‘पार्टीहरुमा भएको गठबन्धनले पनि मतदाता झुक्किए, दुइ वटा पार्टीलाई भोट हाल्नु पर्छ भन्ने भएछ’
निर्वाचन आयोगले पछिल्लो पटक मतपत्रमा हेरफेर गरेका कारण पनि मतदातालाई दोधार भएको निर्वाचन कार्यालय बताउछ । साथै मतदाता शिक्षाको अवधी छोटो भएको र हतार हतारमा कार्यक्रम सञ्चालन गर्नुपरेकाले पनि मतदाता शिक्षा प्रभावकारी हुन नसकेको निर्वाचन अधिकारी सापकोटा स्विकार्छन ।
साथै जिल्लामा समानुपातिक तर्फ भने हालसम्म झण्डै ६० हजार मतगणना हुदा १० प्रतिशत भन्दा बढि मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । समानुपातिकको मतगणना नभइसकेकाले बदर मतको प्रतिशत अझै बढ्न सक्ने देखिन्छ ।
गोरखामा प्रत्यक्ष तर्फ झण्डै ६ र समानुपातिकमा १० प्रतिशत भन्दा बढि मत बदर
गोरखामा प्रत्यक्ष तर्फ झण्डै ६ र समानुपातिकमा १० प्रतिशत भन्दा बढि मत बदर
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















