गोरखा समाचारदाता
जिल्लाका २ निर्वाचन क्षेत्र र ४ प्रदेश सभाका सबै निर्वाचित जनप्रतिनिधिहरुलाई कार्यालय प्रमुखहरुले स्वागत तथा सम्मान गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, जिल्ला न्यायधिस रितेन्द्र थापा, क्षेत्र २ का निर्वाचन अधिकृत एकराज लम्साल, निर्वाचन अधिकारी नारायण सापकोटा लगायतले फुलमाला, अबिर, खादाले स्वागत तथा सम्मान गरका हुन् ।
कार्यक्रममा क्षेत्र नम्बर २ का सांसद डाक्टर बाबुराम भट्टराई, प्रदेश सभा तर्फका हरिशरण आर्चाय र प्रकाशचन्द्र दवाडी, १ को प्रदेश सभा सदस्यहरु रामशरण बस्नेत र लेख बहादुर थापा सहभागी थिए । क्षेत्र नम्बर १ हरि अधिकारी भने जिल्ला बाहिर रहेका कार्यक्रम सहभागी भएनन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले गोरखा जिल्लाको बिकास निर्माण, सरकारी कार्यालयको सेवा प्रवाह,अबसर र चुनौतीका बारेमा जनप्रतिनिधिहरुलाई जानकारी गराएका थिए ।
सोही अबसरमा पुर्वप्रधानमन्त्री एवं क्षेत्र नम्बर २ का नबनिर्वाचित प्रतिनिधि डाक्टर बाबुराम भट्टराइले मुलुक नयाँ व्यवस्थामा प्रवेश गरेकोले यसलाई सफल बनाउन कर्मचारी जनतको मुख्य भुमिका रहेको भन्दै सोही अनुरुप काम गर्ने आग्रह गरेका थिए । उनले सेवा प्रवाहलाई चुस्त र दुरुस्त राख्न जिल्लाका कार्यालय प्रमुखहरुलाई निर्देशन समेत दिएका छन् ।
क्षेत्र नम्बर १ को प्रदेश सभा ‘ख’का रामशरण बस्नेतले कर्मचारीले कुशलता पुर्वक निर्वाचन सम्पन्न गरेको भन्दै धन्यवाद दिएका थिए । आगामी दिन कर्मचारीहरु सँग समन्वय गरी काम अगाडी बढाउने उनको प्रतिवद्धता छ ।




















