गोरखा समाचारदाता
गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा विजयी हुनुभएका माओवादी केन्द्रका नेता हरिराज अधिकारीले जिल्लाको समग्र नेतृत्व लिने दाबी गरेका छन् । बामगठबन्धनका सुत्रधार समेत रहेका माओवादीका बरिष्ठ नेता नाराणकाजी क्षेत्र गोरखा क्षेत्र नम्बर २ बाट पराजित भएपछि निराश देखिएका नेता कार्यकतालाई बिचलिल्त नहुन अधिकारीले आग्रह गरेका छन् ।
‘नारायणकाजी कमरेडले हार्नुभयो म पनि दुःखी छ, तर सो क्षेत्रको जिम्मा पनि म लिन्छु’ अधिकारीले भने ‘हाम्रो प्रतिनिधि भएन, उक्त क्षेत्रको बिकास निर्माण के होला भन्ने चिन्ता नलिनुहोला ।’ बामगठबन्धनले जिल्ला सदरमुकाममा गरेको बिजय सभालाई संबोधन गर्दै उहाँले जिल्लाबासीले दिएको कार्यभार पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
गोरखा प्रचुर मात्रामा सम्भावना भएर पनि बिकासको बाटोमा लम्कन नसकेको भन्दै अधिकारी अब उक्त कार्यभार पुरा गर्ने दावी गरे ‘यहाँ यतिका सम्भावना छन्, तर काम केही हुन सकेको छैन्, हामी सबैको अपेक्षा पुरा हुने गरी काम गछौ ।’ जिल्लाको एतिहासिक,धार्मिक तथा पर्यटकिय सम्भावनाहरुको उजागर गरी जनताको जिवनस्तर उकास्न आफू लागि पर्ने अधिकारीले बताए ।
गोरखा क्षेत्र नम्बर १ उत्तरी क्षेत्र भौगोलिक रुपमा निकै बिकट रहेको भन्दै त्यहाँसम्म सडक निर्माण गर्ने, बुढीगण्डकी आयोजना निमार्ण लगायतका कामलाई आफूहरुले प्राथमिकता दिने उनको भनाई छ । कार्यक्रममा बोल्दै क्षेत्र नम्बर १ को ‘क’ बाट बिजयी भएका लेख बहादुर थापाले जनता गरेको प्रतिवद्धता पुरा गर्ने लाग्ने बताए । ‘हामीले चुनाव अघि जे जे बोलेका छौ, उक्त कुरा पुरा गर्ने काममा मेरो ध्यान केन्द्रित रहने छ’ थापाले भने ।
सोही क्षेत्रको प्रदेश सभा ‘ख’ मा बिजयी भएका रामशरण बस्नेतले उत्तरी गोरखाको बिकास र समृद्धिका लागि आफ्नो विशेष प्रयत्न रहने बताए । ‘उत्तरी गोरखाको जनजिवन निकै कष्टकर छ त्यसलाई सरल सहज बनाउन सकेको पहल प्रयत्न गर्छु’ उनले भने । निर्वाचित सबै जनप्रतिनिधीले जनतामा गरेको बाचा पुरागर्ने प्रतिवद्धता गरेका छन् ।




















