गोरखा समाचारदाता
पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले संसदमा आफूले काँग्रेस प्रतिनित्व गर्ने बताएका छन् । गोरखा सदरमुकाममा आयोजित बिजय सभालाई संबोधन गर्दै उनले काँग्रेसको सहयोगमा आफू निर्वाचित भएकाले राजनितिक धर्म निभाउने स्पष्ट पारेका हुन । ‘यो चुनावी तालमेल भएपनि काँग्रेससँगको सहकार्य टुट्ने छैन, म काँग्रेसको पनि प्रतिनिधि हुँ’ भट्टराईले भने ।
काँग्रेस नयाँ गठबन्धनद्धारा संयुक्त रुपमा आयोजित बिजय जुलुशमा सहभागी भएपछि हरमटारी चोकमा आयोजितलाई संबोधन गर्दै आफू सरकारमा नगई रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्ने बताए । गोरखा क्षेत्र नम्बर २ बाट पूर्व सहकर्मी समेत रहेका नारायणकाजी श्रेष्ठलाई झण्डै ७ हजार मतान्तरले हराएका भट्टराइले सबै दललाई मिलाएर जिल्लाको बिकास निर्माणको काम अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
‘म संग्रह गोरखाको प्रतिनिधी हुँ, मैले थालेका थुप्रै काम अलपत्र छन्, त्यसलाई पुरा गर्नु मेरो कर्तव्य हुने छ ।’ अर्थ र प्रधानमन्त्री हुँ आफूले थालेको कामलाई अबको ५ वर्षमा पुरा गरेर गोरखालाई जिल्लाको नेपालकै नमूना जिल्ला बनाउने उनको प्रतिवद्धता छ । डाक्टर भट्टराईको बिजय जुलशमा हजारौ मतदाता सहभागी भएका थिए ।
राष्ट्रिय राजनितिकको प्रशंङ्ग कोट्याउँदै उनले संबिधानमा सबैको हक अधिकार स्थापित नभईसकेकाले संसदमा उक्तको आबाज उठाएर संबिधान संशोधन गरी सबैको भावना समेट्न भुमिका खेल्ने उनको भनाई छ । कार्यक्रमा बोल्दै गोरखा क्षेत्र नम्बर २ को प्रदेश १ का सांसद हरिशरण आर्चायले जनताका घरदैलोमा पुगि जताको सेवा गर्ने प्रतिवद्धताा व्यक्त गरे ।
‘हामी जनताको दुख सुखमा सँगै हिडेर यो क्षेत्रलाई समृद्ध बनाउन लागि पर्छौ’ उनले भने । सोही प्रदेशको २ बाट निर्वाचित सांसद प्रकाशचन्द दवाडीले जनताले दिएको विश्वास खेर जान नदिन स्पष्ट पारेका छन् । ‘मलाई तपाइँहरुले जुन विश्वास दिनुभएको छ, त्यसलाई कत्ति पनि खेर जान दिने छैन्’ दुवाडीले भने ।




















