कैलासबावु श्रेष्ठ/गोरखा
मंसिर २४ गते । चर्चाको शिखरमा रहेको गोरखाको निर्वाचन मत परिणाम सार्वजनिक भए लगत्तै आईबार दिउसो भएको बिजय रयालीमा पूर्व प्रधानमन्त्री तथा प्रतिनिधी सभाका गोरखा क्षेत्र नम्बर २ का साँसद डा.बावुराम भट्टराईले गोरखा बजारमा भएको बिजय रयालीमा बोल्दै आफुहरु जनताको मालिक नभएको, केबल जनताले प्रतिनिधी सभामा आफ्ना कुरा राख्न चयन गरेको सेवक भएको बताए ।

आईतबार दिउसो १ः३० बजे देखी गोरखा बजारमा निकालीएको बिजय रयालीले विभिन्न क्षेत्रको परिक्रम सदरमुकामको लोकतान्त्रिक चोकमा विजयी सभा गर्दै डा.भट्टराईले सबै मतदातालाई धन्यबाद दिदै यो जित सबैको भएको बताए । बिजयी रयाली पछि लोकतान्त्रिक चोकमा भएको कोण सभामा बोल्दै डा.भट्टराई आफु नेपाली काँग्रेसको सहयोगमा प्रतिनिधी सभा सदस्य चयन भएको भएता पनि क्षेत्र नम्बर १ बाट चिनकाजी श्रेष्ठले हार ब्यहोर्दा दुखी भएको बताए ।

सनिबार अबेर राती सार्वजनिक गरीएको मत परिणाम अनुसार बाम गठबन्धनका तर्फ बाट माओबादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई सा त हजारको फराकिलो मतान्तरले उछिन्दै डा.भट्टराई बिजयी भएका थिए ।
सदरमुकाममा भएको रयालीमा नेपाली काँग्रेसका चिनकाजी श्रेष्ठ, क्षेत्र नम्बर २ का प्रदेश सभाका प्रकाशचन्द्र दवाडी, हरीशरण आचार्य तथा नेपाली काँग्रेसका जिल्ला सभापति हरी बहादुर घलेले समेत आफ्नो धारणा राखेका थिए ।

बावुरामका प्रति बद्वता
१) प्रत्येक महिना जिल्ला आउने ।
२) सदरमुकाममा सम्र्पक कार्यालय स्थापना गर्ने ।
३) आफ्नो निवासमा गोरर्खाली जनतालाई बिना रोकटोक प्रवेश पाउने ब्यवस्था ।
४) गरिब किसान, महिला तथा बालबालिकाको हकमा कानून निर्माण ।
५) गोरखालाई समृद्व बनाउन जस्तो सुकै काम गर्न तयार ।
६) भष्ट्राचार नगरी काम गर्ने ।


