कैलासबावुु श्रेष्ठ÷गोरखा
मंसिर २३ गते । स्वदेश तथा विदेशमा समेत चासोको बिषय रहेको गोरखा क्षेत्र नम्बर २ को निर्वाचन परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको मत परिणाम अनुसार डा.बावुराम भट्टराईले निकटतम प्रति द्वन्दी नारायण काजी श्रेष्ठलाई सात हजार बरावरको मतान्तरले पराजित गर्न सफल भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार खसेको कुल ६० हजार १ सय १७ मत गणना गर्दा डा.बावुराम भट्टराइले ३१ हजार ८ सय ७ मत ल्याएर बिजयी हुनुभएको हो भने वहाँका निकटतम प्रति द्वन्दी नारायणकाजी श्रेष्ठले २४ हजार ९ सय ३३ मत प्राप्त गरेको छ ।
प्राप्त मतलाई आधार मान्दा डा.भट्टराईले ६ हजार ८ सय ७४ मतले नारायणकाजीलाई उछिनेर बिजयी हुनुभएको हो ।
सात हजारको अन्तरले बावुरामले जित हात पारे
सात हजारको अन्तरले बावुरामले जित हात पारे
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















