मोहसिन अलि मियाँ/गोरखा
मंसिर २३ गते । गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा ख मा नेपाली काँग्रेसका प्रकाशचन्द्र दवाडी विजयी भएका छन् । दवाडीले बाम गठबन्धनका उम्मेदवार एवम नेकपा माओवादी केन्द्रका नेता अमर बहादुर तमुलाई पराजित गरेका हुन् । विजयी दवाडीले १५ हजार ८ सय ५३ मत ल्याएका छन् भने तमुले १३ हजार ४ सय ११ मत ल्याएका छन् । दवाडीले २ हजार ४ सय ४२ मतान्तरले दवाडीलाई पराजित गरेका हुन् । विजयी दवाडी काँग्रेसका महासमिती सदस्य हुन् भने पराजित भएका गुरुङ पूर्व सभाषद एवम पार्टीका पूर्व जिल्ला अध्यक्ष समेत हुन् ।




















