कैलासबावु श्रेष्ठ/गोरखा
मंसिर २३ गते । गोरखा जिल्ला क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका डा.बावुराम भट्टराइको जित निश्चित भए पछि सामाजिक सञ्जाल मार्फत उनका प्रति द्वन्दी नारायणकाजी श्रेष्ठले बधाई दिएका छन । नारायण काजीले टुईट मार्फत बधाई दिदै मतदातालाई धन्यबाद दिएका हुन ।
एक ताका एउटै पार्टीका प्रभावशाली दुई नेता मध्ये डा.बावुराम भट्टराई प्रजातान्त्रिक गठबन्धनको समर्थनमा र नारायणकाजी श्रेष्ठ बाम गठबन्धनको तर्फबाट उम्मेदवार भएका थिए । श्रेष्ठले आजै भट्टराइलाई टेलिफोन मार्फत पनि बधाई दिएको भट्टराईका सहयोगीले जानकारी दिए ।

नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जाल मार्फत गोरखा क्षेत्र नम्बर २ मा आफुलाई समर्थन र सहयोग गर्ने सबै मतदाता, बाम गठबन्धका कार्यकता तथा नेता र आफन्त तथा शुभेच्छुक सबैलाई आभार ब्यक्त गर्दै धन्यबाद दिएका हुन ।
गोरखा क्षेत्र नम्बर २ को मत गणना अन्तिम चरणमा पुग्दै गर्दा डा.भट्टराइले ४ हजार ९ सय मतले अगाडी छ ।


