कैलासबावु श्रेष्ठ/गोरखा
मंसिर २३ गते ।
गोरखा क्षेत्र नम्बर २ बाट प्रजातान्त्रिक गठबन्धको समर्थनमा उम्मेदवार रहेका नयाँ शक्ति पार्टी नेपालका संयोज डा.बावुराम भट्टराई पछिल्लो मत परिणाममा ३ हजार मतान्तरले अगाडी र हेको छ । उनी संग बाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई डा.भट्टराईले ३ हजार ६सय ४२ मतले उछिनेका हुन ।
सनिबार बिहानको ताजा मत परिणाम अनुसार डा.बावुराम भट्टराईले २३ हजार १ सय १७ मत पाएका छन भने उनका प्रति
द्वन्दी नारायणकाजी श्रेष्ठले १९ हजार ४ सय ७५ मत प्राप्त गरेका छन । त्यस्तै गरी गोरखा क्षेत्र नम्बर १ मा बाम गठबन्धनबाट उम्मेदवारी दिएका हरीराज अधिकारीले नेपाली काँग्रेसका चिनकाजी श्रेष्ठलाई ३ हजार ५० मतले उछिनेका छन । शुक्रबार साँझ सम्म झिनो मतान्तर रहेका अधिकारी र श्रेष्ठ बिच सनिबार बिहान आएको मत परिणामले अधिकारीले श्रेष्ठलाई ठुलो मतान्तर बिच उछिनेको हो ।

माओबादी केन्द्रका अधिकारले १७ हजार ७ सय ६२ मत पाएका छन भने नेपाली काँग्रेसका चिनकाजी श्रेष्ठले १४ हजार ७ सय १२ मत प्राप्त गरेको छ । गोरखा जिल्लामा कुल मतदाता संख्या १ लाख ८९ हजार ४ सय ४८ मत छ । त्यस मध्ये १ लाख २३ हजार ७ सय ८२ मत खसेको थियो ।




