कैलासबावु श्रेष्ठ/गोरखा
मंसिर २२ गते । प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन पछि भएको मतगणना अनुसार गोरखाको क्षेत्र नम्बर २ मा डा.बावुराम भट्टराई र नारायणकाजी श्रेष्ठ बिच मतान्तर ठुलै देखी थालेको छ ।
प्राप्त जानकारी अनुसार मध्यान्न १२ बजे सम्ममा प्रजातान्त्रिक गठवन्धनका डा.बावुराम भट्टराईले १ हजार ५ सय ७६ भोटले अग्रता लिएको छ ।
अहिले सम्म गोरखा क्षेत्र नम्बर २ मा १६ हजार २ सय ७३ मत गणना भएको छ । यती मत गणना गर्दा ८ सय ५४ मत बदर भएको छ ।
पछिल्लो मत परिणाम अनुसार
बावुराम भट्टराई ८७९५
नारायणकाजी श्रेष्ठ ७२१९
मतान्तर १५७६
त्यस्तै गरी क्षेत्र नम्बर २ को प्रदेश (ख) को पछिल्लो मत परिणाम अनुसार १० हजार ४ सय ८८ मत गणना भएको छ । गणना भएको मत अनुसार
प्रकाशचन्द्र दवाढी ५३६३
अमर बहादुर गुरुङ्ग ४४८३
बदर मत ४२९


