×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ७ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • १० घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १३ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

गोरखाको मतगणना स्थलमा तारजाली संगै सिसि क्यामेरा, पत्रकारलाई समेत प्रवेश निशेध

  •  
  • बुधबार, मङि्सर २०, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ/गोरखा
    मंसिर २० गते । २१ गते साँझ ५ बजेदेखि हुने गोरखामा मतगणनाका लागि तारजाली र सिसी क्यामेरा जडान गरिएको छ । प्रतिनिधी र प्रदेशसभाको निर्वाचनको मतगणना स्थलको सुरक्षालाई मध्यनजर गर्दै तारजाली र सिसी क्यामेरा जडान गरिएको हो ।
    दुइ निर्वाचन क्षेत्र र चार प्रदेश रहेको गोरखामा दोस्रो चरणको मतदान सकिने बित्तिकै मतगणना सुरु गर्नका लागि तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ । ‘२१ गतेबाट मतगणना सुरु गर्न हामीले सबै तयारी पुरा गरिसकेका छौ, यो पटक मतगणना स्थलको सुरक्षा निक्कै कडा बनाएका छौ’ जिल्ला निर्वाचन अधिकृत नारायण प्रसाद सापकोटाले भने ।
    गोरखा क्षेत्र नम्बर १ को महिला तथा बालबालिकाको कार्यालयको भुइतल्ला र क्षेत्र नम्बर २ को जिल्ला समन्वय समितीको माथिल्लो हलमा मतगणना गर्ने ब्यवस्था मिलाइएको सापकोटाको भनाई छ । ‘जुन क्षेत्रको मतपेटिका जहा भण्डारण गरिएको छ त्यही कार्यालयको हलमा हामीले मतगणना गर्न सबै ब्यवस्था मिलाएका छौ, तार जाली लगाउने, सिसी क्यामेरा जडान गर्ने लगायतका सम्पूर्ण काम सकिसकेको छ’
    मतगणना स्थलमा बिचमा तारको जाली लगाइएको छ र एकापट्टि उम्मेदवारका प्रतिनिधी बस्ने ब्यवस्था मिलाइएको निर्वाचन कार्यालयको भनाई छ । त्यस्तै एकापट्टि भने मतगणना हुने कार्यालयले जनाएको छ । बिचको तारको जालीबाट मत गणना भएको दृष्य प्रष्ट देखिने बनाइएको सापकोटाको भनाई छ । ‘मत गन्ने हलको बिचमा लगाइएको तार जालीबाट मत गनेको स्पष्ट देखिन्छ, उम्मेदवारका प्रतिनिधीले त्यो जाली समेत छुन नपाउने नियम बनाएका छौ’
    यो पटक मतगणना स्थलमा जान जो कोही नपाउने नियम बनेको छ । मतगणना स्थलमा पत्रकार तथा पर्यवेक्षकलाई समेत प्रवेश निशेध गर्ने गरी नियम बनेको सापकोटाको भनाई छ । मतगणना गर्न सरकारी कर्मचारी खटाउने गरी कर्मचारीको दुइ समुह बनाइएको कार्यालयले जनाएको छ । ‘हामीले सरकारी कर्मचारी मात्रै खटाउछौ, मतगणना गर्नका लागि कर्मचारीलाई समुह बनाएका अभिमुखिकरण समेत दिइसकेका छौ’ जिल्ला निर्वाचन अधिकारी सापकोटाले भने । त्यस्तै कार्यालयले मत परिणामको जानकारी दिन सुचना डेक्सको स्थापना समेत गरिने तयारी गरेको जनाएको छ । मत गणनाको अन्य तयारीका लागि आज १२ बजे उम्मेदवारहरुंग बैठक बस्न लागेको समेत कार्यालयले जनाएको छ ।
    सर्वाधिक चासोमा रहेको गोरखाको मतपरिणाम आउन भने कम्तिमा आठ दिन लाग्ने बताइएको छ । ‘पहिला १० दिन लाग्छ भनेका थियौ तर अहिले हामीले ८ दिनमा सक्ने योजना सहित मतगणना गर्ने योजना बनाएका छौ, हेर्दै जाउ सकेसम्म छिटो मत परिणाम दिन्छौ’ सापकोटाले भनेका छन् ।
    १ लाख ८९ हजार ४ सय ४८ मतदाता रहेको गोरखामा १ लाख २३ हजार ७ सय ८१ मत खसेको थियो । गोरखा क्षेत्र नम्बर १ मा लोकतान्त्रिक गठबन्धनबाट चिनकाजी श्रेष्ठ र बाम गठबन्धनबाट हरिराज अधिकारी चुनावी मैदानमा छन् । त्यस्तै पहिलो चरणमा देश बिदेशमा चर्चा र चासोमा रहेको गोरखा २ डाक्टर बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ को चुनावी भिडन्त छ । गोरखा क्षेत्र नम्बर –१ मा ६३ हजार ६ सय ७२ मत खसेको छ भने क्षेत्र नम्बर २ मा ६० हजार १ सय ९ मत खसेको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, मङि्सर २०, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.