मोहसिन अलि मियाँ/गोरखा
गत कार्तिक २१ गते चेकजाँचका क्रममा गोली सहित पेस्तोल रहेको झोला छोडेर फरार रहेका गुणराज खनाललाई प्रहरीले पक्राउ गरेको छ । खनाललाई हिजो बिहान १० बजे गोरखा सदरमुकामबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी प्रकाश अधिकारीले जानकारी दिएका छन् ।
नेकपा माओवादी केन्द्रबाट समानुपातिक उम्मेदवार शुसिला सिंखडालाई आरुघाटबाट लिएर भिमसेन गाँउपालिका आउदै गरेको अवस्थामा खनालको झोलाबाट तिन राउण्ड गोली सहित पेस्तोल बरामद गरेको थियो ।
बा ७३ प ३३८६ नम्बरको मोटरसाइकलमा सवार रहेका खनाल प्रहरी चेकजाँच देखेपछि झोला र मोटरसाइकल छोडेर फरार रहेका थिए । सो पश्चात खनाल सार्वजानिक कार्यक्रममा देखिएका थिएनन् । भिसेन गाँउपालिका घर भएका खनाल काठमाण्डौ बस्दै आएका थिए । उनलाई प्रहरीले काठमाण्डौबाट पिछा गरेको भएपनि गोरखामा पक्राउ गर्न सफल भएको जनाएको छ । ‘हामीले उसलाई काठमाण्डौबाटै फलो अप गरेका थियौ, गोरखा बजारमा आएर समात्यौ’ एसपी अधिकारीले भने ।
पक्राउ परेका खनाल बिरुद्ध यसअघि नै हातहतियार तथा खरखजाना ऐन अन्तरगत मुद्दा दर्ता भइसकेको प्रहरीले जनाएको छ । हाल उनलाई थप अनुसन्धानका लागि १० दिनको म्याद थप गरिएको प्रहरी कार्यालयको भनाई छ ।
गोली र पेस्तोल छोडेर भागेका खनाल प्रहरीको फन्दामा
गोली र पेस्तोल छोडेर भागेका खनाल प्रहरीको फन्दामा
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















