मोहसिन अलि मियाँ/गोरखा
गोरखाका मुस्लिम समुदायले मोहम्मद जयन्ती मनाएका छन् । जिल्लाका बिभिन्न क्षेत्रमा बसोबास गर्ने मुस्लिम समुदायले इस्लामका प्रर्वतक हजरत मुहम्मद सल्लल्लाहो अलैहिस सलामको १४३९ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाएका हुन् ।
यस दिनलाई ‘जश्ने इद मिलादुन नवि’ का रुपमा मनाउने प्रचलन रहेको मुस्लिम समुदायका अगुवाहरु बताउछन् । यसै अवसरमा गोरखा नगरपालिका वडा नम्बर २ गाईखुरमा शान्ति ¥याली आयोजना भएको छ । सयौको संख्यामा रहेको ¥यालीले ताप्लेको बिभिन्न स्थानको परिक्रमा गरेको स्थानीय अब्जल मियाँले जानकारी दिएका छन् ।
¥याली पश्चात सबैजना गाईखुरमा रहेको जामे मस्जिदमा आयोजना गरिएको मिलाद सरिफमा सरिक भएका थिए । त्यस्तै गोरखा नगरपालिका १ को मानपुर, आरघाट लगायतका स्थानमा समेत मोहम्मद जयन्ती भब्यताका साथ मनाइएको छ । यस अवसरमा सरकारले पहिलो पटक शुक्रबार सार्वजानिक बिदा समेत दिएको थियो ।
गोरखामा मोहम्मद जयन्ती मनाइयो
गोरखामा मोहम्मद जयन्ती मनाइयो
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


