×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

स्वीकृती बिनै अक्सफार्मले दियो रेट्रोफिटिङको तालिम

  •  
  • बिहिबार, मङि्सर १४, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता
    अक्र्सफामले सरकारी निकाय स्वीकृती नै नलिई गोरखामा प्रबलीकरण (रेट्रोफिटिङ) तालिम सञ्चालन गरेको छ । भुकम्पपछि जिल्लाका स्थानीय साझेदार संस्थाहरुको सहकार्यमा काम गर्दे आएको उक्त संस्थाले सुलिकोट गाउँपालिका र सहिद लखन गाउँपालिकामा गरेको प्रबलीकरण तालिमका लागि सरकारी निकायबाट स्वीकृती लिएको छैन् । ‘मैले पनि तालिम दिनुभएको छ रे भन्ने सुनेको छु त्यसबारेमा हामीलाई केही जानकारी छैन’ पुर्ननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका निमिक्त प्रमुख शिवलाल पौडेलले भने । गैरसरकारी संस्थाको मनोमानी फेरी बाहिर आएको छ ।

    अक्सफार्मले सरकारी निकायलाई अटेर गरी आफू खुसि कार्यक्रम गरेको भन्दै आलोचना सुरु भएको छ । ‘उहाँहरुले कस्ले काम गर भन्यो, कहाँको प्रविधि ल्याउनु भएको हो ? मान्यता प्राप्त छ छैन हामीलाई केही थाहा छैन्’ पौडेले भने । विल्ड चेन्ज नामक सस्था सँगको साझेदारीमा जिल्लाका २ स्थानमा ४५ दिनको तालिम सञ्चालन गरिएको छ । ‘सिएलपिआइयुले रेट्रोफिटिङ सम्बन्धी कोर्ष नै स्वीकृत गरेको छैन, उहाँहरुले आफू खुसी तालिम दिनुभएको छ’ पौडेलले भने ‘उक्त कामको मोनिटरिङ कस्ले गर्ने मापदण्ड पुगे नपुगेको कस्ले हेर्ने हो बडो अन्यौल भएको छ ।’

    हाल प्राधिकरणको निजि आवास अनुदान कार्यविधि र आवश्यक मापदण्ड बोकेर गाउँ पुगेका इन्जिनियरलाई पनि रेट्रोफिटिङ सम्बन्धी कुनै पनि जानकारी नभएको प्राधिकरणले जनाएको छ । झण्डै ३ हजार घरहरु प्रवलीकरणको सूचिमा परेको गोरखामा सरकारी पक्षबाट अहिले सम्म एउटा घर पनि मर्मत सुरु भएको छैन । तर अक्सफार्मले तालिम दिदै २ वटा घर मर्मत गरिरहेको छ । मर्मत र्शीषकमा एक लाख अनुदान दिने भनिए पनि गोरखा नगरपालिका भित्रका १ दर्जन पिडितले मात्र प्रवलीकरण अनुदान प्राप्तीका लागि सम्झौता फारम भरेका छन् । ‘हामीले केन्द्रमा सोध्दा गाइडलाइन, सिलेबस केही बनेको छैन भन्छ, तर उहाँहरुले भट्टाभट तालिम दिनुभएको छ’ प्राधिकरण जिल्ला समन्यव समितिका पौडेलले भने ।

    यता अक्सफार्मले भने आफूले सरकारसँग स्वीकृती लिएरै काम गरको दाबी गरेको छ । अक्सफार्म गोरखा प्रमुख बिजयराज पन्तले गोरखा सामाचारसँग कुराकानी गर्दै भने ‘हामीले एनआरए र अन्य सरकारी निकायको स्वीकृतीमा नै काम गरिरहेका छौ, रेट्रोफिटिङ तालिम मात्र हैन सबै काम उहाँहरुकै स्वीकृतमा भएको छ ।’ विषयगत सरकारी कार्यालयहरुमा आफूले गर्ने कार्यक्रम बारे पहिले नै जानकारी गराईसकेकाले रेट्रोफिटिङ तालिमका बारेमा पनि सोही बेला स्पष्ट रुपमा कार्यक्रम पेश गरेको अक्र्सफार्मको तर्क छ । ‘हरेक कार्यक्रमको अप्रुबल लिइराख्नु पर्छ भने हामीलाई थाहा छैन, तर अक्र्सफामले गर्ने कामका बारेमा कुनै पनि सरकारी निकाय बेखबर छ जस्तो हामीलाई लाग्दैन्’ पन्तले भने । पुर्ननिर्माण प्राधिकरणले भने उक्त बिषय नयाँ भएकाले हाल सम्म औपचारिक रुपमा कसैलाई स्वीकृती दिएको छैन् । ‘

    मैले मौखिक रुपमा बुझ्दा प्राधिकरण र सिएलपिआइयु दुबैले अहिले सम्म कुनै गैससलाई स्वीकृती दिएको छैनन भन्नु भएको छ, त्यसकारण मैले मेल समेत लेखेको छु’ प्राधिकरण जिल्ला समन्यव समितिका पौडेलले भने । शहरी बिकास तथा भवन डिभिजन कार्यालयमा रहेको केन्द्रिय आयोजना कार्यन्वयन इकाइले रेट्राफिटिङको आधारभुत मापदण्ड निर्माण गरी उक्त तालिमको पाठ्यक्रम बनाएपछि मात्र रेट्रोफिटिङले मान्यता पाउने उनको भनाई छ ।

    तर अक्सफार्मले उसका साझेदार सस्थाहरु तुलसी मेहर युनेस्को क्लव सँगको साझेदारीमा शहिद लखन गाउँपालिकाको घैरुङ र एकिकरण नेपाल मार्फत सुलिकोट गाउँपालिकाका वडा नम्बर ५ ताकुमाझ लाकुरीबोटमा १०/१० जना स्थानीयलाई प्रयोगात्मकरुपमा प्रवलीकरण अर्थात रेट्रोफिटिङ तालिम दिनुका साथै १/१ वटा घर मर्मत गरिराखेको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, मङि्सर १४, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.