- मतपेटिका भण्डारणमा दुवैदलको ताल्चा
मोहसिन अलि मियाँ/गोरखा
मंसिर १३ गते । जिल्लाका मुख्य दुई गठबन्धनले मतपेटिका भण्डारमा छुट्टाछुट्टै ताल्चा लगाएका छन् । आइतबार सम्पन्न प्रतिनिधी र प्रदेश सभा निर्वाचनको मतपेटिका कडा सुरक्षा र शिलबन्दिका साथ भण्डारण गरिएको कोठामा उनीहरुले आ–आफ्नो ताल्चा लगाएका छन् । बिशेष गरेर दुई गठबन्धनको मुख्य प्रतिस्प्रर्धा रहेको गोरखामा दुवै दलले एकले अर्कालाई बिश्वास गर्न नसकेकाले आ–आफ्नो ताल्चा लगाएको कतिपयको तर्क छ ।
‘झट्ट हेर्दा र सुन्दा दलहरुले एकले अर्कालाई बिश्वास गर्नै नसकेको जस्तो देखिन्छ, तर मतपेटिका जस्तो संवेदनशिल कुरा सबैलाई विश्वास गर्न पनि भएन नि’ सदरमुकामका एक स्थानीयले भने ।
तर नेपाली काँग्रेस गोरखाका जिल्ला सभापति हरी बहादुर घले भने निर्वाचन समितीको वैठकले गरेको निर्णयको पालना मात्र गरेको बताउछन् । ‘हामीले लगाउछौ भनेका हैनांै, काँगै्रेसले बैठकको निर्णय मात्र पालना गरेको हो’ जिल्ला सभापति घलले भने ।
यता नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज चुडामणी खड्का भने बिश्वासको वाताबरण बनाउनका लागि आफुहरुले ताल्चा लगाएको बताउछन् । लामो समयसम्म मत गणना नहुने भएकाले बिश्वासको वातावरण नटुटोस भनेर ताल्चा लगाएको खड्काको भनाई छ । ‘धेरै दिनसम्म मतगणना नहुने भयो, त्यसैले एक अर्का बिचको बिश्वासलाई निरन्तरता दिनका लागी पनि हामीले ताल्चा लगाएका हौ’ उनले भने ।
२ सय ८२ मतदान केन्द्रको मतपेटिका सदरमुकाममा कडा सुरक्षाका साथ भण्डारण गरिएको छ । क्षेत्र नम्बर १ को महिला तथा बालबालिकाको कार्यालयको ३ वटा कोठामा शिलबन्दि मतपेटिका भण्डारण गरीएको छ । त्यस्तै क्षेत्र नम्बर २ को जिल्ला समन्वय समितीको माथिल्लो हलमा भण्डारण गरिएको छ ।
भण्डारण गरी ढोकामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले शिलबन्दि सहित एक ताल्चा लगाएको छ भने लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धनको एक–एक गरि तिन ताल्चा लगाएर मतपेटिका भण्डारण गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिएका छन् । दलहरुले ताल्चा लगाउने बिषयमा जिल्ला निर्वाचन समितीको बैठकमा आफुहरुले नै सल्लाह दिएको प्रजिअ बस्नेतको भनाई छ । ‘भण्डारण गर्ने बिषयलाई सहज बनाउनका लागि दलको समेत चाल्चा लगाउन हामीले नै सल्लाह प्रस्ताव गरेका हौ, यसले भण्डारण विवादरहित बनाउछ भन्ने लाग्छ’ बस्नेतले भने ।
२ सय ८२ केन्द्रका कुल ८ सय ४६ मतपेटिका भण्डारण गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै भण्डारण गरिएको स्थानमा प्रतिनिधी र प्रदेशसभाका प्रत्यक्ष उम्मेदवारहरुले एक÷एक जना प्रतिनिधी समेत खटाउने निर्णय भएको जिल्ला निर्वाचन अधिकारी नारायण प्रसाद सापकोटाले जानकारी दिएका छन् । तर भण्डारण गरिएको स्थानमा सिसि क्यामेरा जडान गर्ने भनिए पनि हाल जडान नगरिएको कार्यालयले जनाएको छ । ‘सिसि क्यामेरा चाइ अहिले जडान गरिएको छैन, हामीले आयोगसंग माग गरेका छौ, आयोगले अनुमती दिएमा हामी केही दिनमै जडान गर्छौ’ प्रजिअ बस्नेतले भने ।
१ लाख २३ हजार ८ सय ८१ मतदाताले मतदान गरेको गोरखामा चिनकाजी श्रेष्ठ र हरी अधिकारी साथै २ मा डाक्टर बाबुराम भट्टराई र नारायणकाजी चुनावी मैदानमा छन् । मतगणना आगामी २१ गते अपराह्न ५ बजे देखि सुरु हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।


