मोहसिन अलि मियाँ/गोरखा
गोरखाको दर्गम हिमाली क्षेत्रबाट मतपेटिका हेलिकोप्टर मार्फत सदरमुकाम ल्याइएको छ । सडक सञ्जाल नपुगेको गोरखाको चुननुब्री र धार्चे गाँउपालिकाका २८ मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट ल्याइएको जिल्ला निर्वाचन अधिकारी नारायण प्रसाद सापकोटाले जानकारी दिएका छन् ।
हिजो अबेर सम्म मतदान भएकाले मतपेटिका आज मात्रै सदरमुकाम ल्याइएको छ । सदरमुकाम आसपास क्षेत्रका मतपेटिका भने हिजै ल्याइएको सापकोटाको भनाई छ । तर सदरमुकामबाट टाढा पर्ने मतपेटिका भने ल्याउने क्रममै रहेको उनले बताएका छन् । गोरखामा २ सय ८२ मतदान केन्द्र रहेका छन् ।
गोरखाको २८ मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम ल्याइयो
गोरखाको २८ मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम ल्याइयो
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


