×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सबै उम्मेदवार भन्छन : जित हाम्रै पक्षमा छ

  •  
  • सोमबार, मङि्सर ११, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ/गोरखा

    गोरखा क्षेत्र नम्बर २ का प्रत्यासीहरु डाक्टर बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले आ–आफ्नो केन्द्रमा पुगेर मतदान गरेका छन् । डाक्टर भट्टराईले पालुङटार नगरपालिका वडा नम्बर १ खोप्लाङ्गमा रहेको अन्नपुर्ण माविमा बिहान ८ः३० बजे र श्रेष्ठले सिरानचोक गाउँपालिका वडा नम्बर ८ को परोपकार आर्दश माविमा रहेको मतदानकेन्द्रबाट बिहान ७ः२५ बजे मतदान गरेका हुन ।

    भट्टराई काँग्रेसको सहयोगमा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका हुन भने श्रेष्ठ माओवादी एमाले नेतृत्वको बाम गठबन्धनबाट प्रतिस्पर्धामा उत्रिएका छन । मतदान गरेपछि प्रतिक्रिया दिदै लोकतान्त्रिक गठबन्धनका उम्मेदवार डाक्टर भट्टराईले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् । ‘म अत्यान्त गौरवान्दित छु, पहिलो संबिधान सभा निर्वाचनमा नेपाल भरी अत्याधिक मत ल्याएर जितेको थिएँ’ उनले भने ‘यस पटक कति मतान्तर जित्छ बाबुरामले भन्ने सबैलाई चासो छ ।’

    निकै उत्साहित देखिएका नेता भट्टराईले लोकतान्त्रिक गणतन्त्र र संबिधान निर्माणका लागि आफुले खेलेको भुमिका र जिल्लामा गरेको कामका आधारमा जनताले भोट हालेको बताए । ‘गोर्खाली जनताले फेरी अत्याधिक मतले जिताएर पठाउनुहुन्छ भन्ने मेरा बिश्वास हो फेरी गोरखाले अर्को रेर्कड कायम गर्छन’ भट्टराईले भने । उनले आफ्ना प्रतिस्पर्धी श्रेष्ठ जिल्लाका जनताले टेलिभिजनमा मात्र देखेको व्यक्ति भन्दै व्यङ्ग्य गरेका छन् ।

    यता अर्का उम्मेदवार एवं माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले जनताले मुलकमा बामगठबन्धनका स्थिर सरकार चाहेकाले आफ्नो स्पष्ट जित भईसेको दाबी गरे । ‘मलाई निकै प्रशन्नताको अनुभुति भएको छ । हामीले ठुलो बलिदान गरेर राजनितिक परिर्वतन मार्फत ल्याएको उपलब्धीहरुलाई संस्थागत गर्न जनताले मौका दिदै हुनुहुन्छ’ उनले भने ‘संबिधान कार्यन्वयन गरी देशको आर्थिक बिकास गर्ने हाम्रो स्पष्ट कार्यदिशालाई उहाँले मतदिनुभएको छ ।’ आफ्ना प्रतिस्पर्धी डाक्टर भट्टराई तर्फ लक्षित गर्दै उनले लोकतन्त्रमा प्रतिस्पर्धालाई स्वभाविक लिएको तर भट्टराईले सबै धरातल गुमाइसेको जित्ने कुनै आधार नरहेको बताए ।

    ‘प्रतिस्पर्धा आउन खोज्नु उम्मेदवारी दिनुलाई स्वभाविक मान्नु पर्छ, तर हिजो आन्दोलनमा होमिनुभएको मित्र, बिचल्लित भएर हिड्नु भयो’ नेता श्रेष्ठले भने । मुलक एकिकृत कम्युनिष्ट आन्दोलन निर्माण गरी देशमा स्थिर सरकार निर्माण गर्न लागेका बेला भट्टराई एक्लै हिडेकोमा दुःख व्यक्त गर्दै श्रेष्ठले डाक्टर भट्टराईलाई जनताले साथ नदिएकाले आफ्नो बिजय सुनिश्चित भएको दाबी गरे । क्षेत्र नम्बर १ उम्मेवारहरु बाम गठबन्धनका हरिराज अधिकारी र लोकतात्रिन्क गठबन्धनका चिनकाजी श्रेष्ठले पनि आफ्नो जित सुनिश्चित भएको प्रतिक्रिया दिएका छन् ।

    काँग्रेसका सचेतक समेत भईसकेका नेता श्रेष्ठले मुलुकलाई दुर्घटनाबाट जोगाउन लोकतान्त्रिक गठबन्धनको पक्षमा गोखार्ली जनताले मतदान गरेको दाबी गरे । ‘यो मुलुकमा जनताको चाहना पुरा गर्न काँग्रेस बाहेक अरुले सक्दैन,जनताले आफ्नो सुख दुखको साथी नेपाली काँग्रेसलाई अत्याधिक मतदान गरेका छन’ श्रेष्ठले भने । जनताको बिचमा बसेर लामो समय काम गरेका विषय नै आफ्नो जित्ने आधार भएको उनको भनाई छ । उता बाम गठबन्धनका उम्मेदवार एवं माओवादी केन्द्र ४ नम्बर प्रदेशका संयोजक हरिराज अधिकारीले गोरखा माओवादीको आधारभुमी भएकाले गोरखाली जनताले कम्युनिष्ट शक्तिलाई नै रोजेको बताएका छन् ।

    देशको बिकास र समृद्धिका लागि बनेको बाम गठबन्धनका पक्षमा जनमत रहेकाले उक्त कुरा नै आफ्नो जितको मुख्य आधार रहेको अधिकारीले बताए ।‘हाम्रा पक्षमा जनलहर छ, उत्साहपुर्ण मतदान भएको छ, शतप्रतिसत नतिजा हाम्रै पक्षमा निस्कने छ यसमा दुई मत छैन’ उनले भने । गठबन्धन बाहेकका अन्य साना दलहरु देशभक्त जनगणन्तात्रिक मोर्चा, बिबेकशिल साझा पार्टी, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाल संघिय समाजबादी पार्टी लगायतका दलका उम्मेदवारहरुले पनि आ–आफ्नो जित निश्चित भएको दाबी गरेका छन् ।

     प्रदेश सभाका उम्मेदवारहरुको प्रतिक्रिया पनि उस्तै छ । प्रदेशसभा दुई क्रमश गठबन्धनका उम्मेदवार नै तिब्र प्रतिप्रर्धामा देखिन्छन् । क्षेत्र नम्बर १ को ‘क’ का बामगठबन्धन उम्मेदवार लेख बहादुर थापा र लोकतान्त्रिक गठबन्धनका धिरन थापा, ‘ख’ का रामशरण बस्नेत र राजेन्द्र बजगाई, क्षेत्र नम्बर २ को ‘क’ की कमला नहर्की र हरिशरण आर्चाय, ‘ख’का अम्मर तमु र प्रकाशचन्द्र दवाडीले लगायतले आफ्नो पक्षमा अत्याधिक मत खसेकाले जित सुनिश्चित भएको दाबी गरेका छन् । निर्वाचनको परिणाम के आउँछ हेर्नका लागि मतदाताले झण्डै २ हप्ता कुर्नुपर्ने छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, मङि्सर ११, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.