मोहसिन अलि मियाँ/गोरखा
मंसिर ९ गते । आसन्न प्रतिनिधी र प्रदेशसभाको निर्वाचन स्वतन्त्र, निश्पक्ष र भयरहित बनाउन नागरिक साझा सवाल गोरखाले अनुरोध गरेको छ । पहिलो चरणमा हुन लागेको निर्वाचन स्वतन्त्र पूर्वक सम्पन्न गर्न सबै राजनितिक दल एवम सरोकारवालाहरुलाई अनुरोध गरेको हो ।

साझा सवाल गोरखाका संयोजक स्थानेश्वर दुवाडीले एक प्रेस विज्ञप्ती जारी गर्दै निर्वाचनमा सबैले आ–आफ्नो मताधिकार स्वतन्त्र पूर्वक प्रयोग गर्न पाउनुपर्ने बताएको छ । विज्ञप्तीमा भनिउको छ ‘लोकतान्त्रिक पद्धतीको संस्थागत विकास र लोकतान्त्रिक मुल्यमान्यता र आदर्शहरुको संरक्षण र सम्वद्धनमा नै नागरिकहरुको हितको रक्षा सम्भव भएको हुदा यसको लागि स्वतन्त्र, निष्पक्ष र भयरहितयुक्त वाताबरणमा निर्वाचन सम्पन्न हुनु अनिवार्य छ’।
पारस्पारिक जवाफदेहिता अभियान अन्तरगत जिल्लामा गठन भएको साझा सवाल गोरखाले ऐतिहासिक प्रतिनिधी र प्रदेशसभा निर्वाचन सफतापूर्वक सम्पन्न गर्न आ–आफ्नो तर्फवाट योगदान पु¥याउन सम्पूर्णमा अनुरोध समेत गरेको छ ।


