गोरखा समाचारदाता
मंसिर ७ गते । बिकेशिल साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले गोरखामा आएर आफ्ना उम्मेदवारका लागि भोट मागेकी छिन् । संसदिय निर्वाचनमा पहिलो पटक प्रतिस्पर्धामा उत्रिएको उक्त पार्टीका तर्फबाट प्रतिनिधि सभा निर्वाचन उम्मेदवार रहेका क्षेत्र नम्बर १ का अमृत पुढासैनी र २ का नबराज थापाको पक्षमा मत माग्दै अब देश परिर्वतन गराउने जिम्मेवारी युवालाई दिन आग्रह गरेकी हुन् । ‘अब यो देश बनाउने जिम्मेवारी हाम्रो काँधमा आएको, मुलुकको परिर्वतनका लागि हामीले जित्नु पर्छ त्यसैले हाम्रा उम्मेदवारहरुलाई भोट दिनुस्’ जिल्ला सदरमुकाममा भएको कार्यक्रममा बोल्दै दर्शनाले भनिन् ।
मुलकमा लामो सर्घष पछि जनताले संबिधान ल्याएको भन्दैको अबको लडाई बिकास र समृद्धिको हुनुपर्ने उनको तर्क छ । देश भष्ट्राचारको चङगुलमा फसेकोले नेपाली जनताले परिर्वतनको आभाष गर्न नसकेको भन्दै उनले देशमा पारदर्शीता भन्ने कुरा नै हराएको बताईन् । काठमाण्डौमा लोकप्रिय सामाजिक काम गर्दै राजनितिक दलको रुपमा उदय भएको बिबेकशिल साझा पार्टीले गोरखा क्षेत्र नम्बर १ का अमृत पुडासैनीलाई उठाएको छ । पेसाले कानून व्यवसायी पुडासैनी बिबेकशिल साझा पार्टीको स्थापना देखि नै सक्रिय छन् ।
जिल्लाको बिकास निर्माणको लागि युवा नेतृत्वमा पुग्नु आवश्यक रहेको भन्दै उनले पर्यटन कृषि सँगै पुर्वाधार बिकासका कार्यक्रमहरु गरी जनजिविका उकास्ने खालका कार्यक्रम आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । क्षेत्र नम्बर २ का उम्मेदवार नबराज थापाले जिल्लाको बिकास पर्यटनबाट मात्र सम्भव भएको दाबी गरे । पेशाले कानून व्यवसायी समेत रहेका थापाले गोरखामा हेर्न लायक थुपै्र ठाउँहरु हुँदाहुँदै पनि आवश्यक पुर्वाधार निर्माण गर्न नसक्दा पर्यटक तान्न नसकिएको भन्दै जिल्लाका शाहसिक पदमार्गहरुको प्रचारप्रसार गरी पर्यटन उद्योगलाई बढवा दिनुपर्ने योजना अघि सारेका छन् ।
मुलकमा अथाह सम्भावनाहरु हुँदाहुँदै पनि दैनिक हजारौ युवाहरु बिदेशी भुमिमा जानुपर्ने बाध्यता आएको भन्दै त्यसलाई नरोके सम्म देशले काँचुली फर्ने नसक्ने उनको भनाई छ । कार्यक्रममा बोल्दै काउराष्ट नेपालका जिल्ला सचिव किशोर रेग्मीले जनताले युवा पिढीबाट ठुलो अपेक्षा गरेको भन्दै बिबेकशिल साझाले त्यसको नेतृत्व गर्ने विश्वास व्यक्त गरे ।


