×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

बाबुराम-नारायणकाजीको क्षेत्रका २ सय मतदातासँग कुरा गर्दा…

  •  
  • बुधबार, मङि्सर ०६, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मनोज सत्याल/ सन्जिव बगाले

    बाबुराम समर्थक: गोरखामा भट्टराईले गर्ने जति विकास कसले गर्‍यो?

    नारायणकाजी समर्थक : उसले जस्तो पार्टी कसले चाहार्‍यो? नयाँ शक्ति, फोरम, वाम गठबन्धन अनि कांग्रेस।

    बाबुराम समर्थक : भट्टराईले जिते गोरखा र देशकै विकास हुन्छ।

    नारायणकाजी समर्थक: अब वाम गठबन्धन ठूलो पार्टी बन्छ। उसले जिते मात्र विकास हुन्छ।

    गोरखाको खहरेमा स्थानीय महिलाहरू बीचको यस्तै संवाद गोरखा-२ का टोलटोलमा सुनिन्छ। यहाँ बाबुराम भट्टराई नयाँ शक्तिबाट र नारायणकाजी श्रेष्ठ माओवादी केन्द्रबाट प्रतिनिधि सभाका लागि प्रतिष्पर्धामा छन्।

    चुनावी प्रतिष्पर्धामा उत्रिएका दुई नेतामा कसलाई रोज्ने भन्ने चुनौती गोर्खालीलाई छ। राजनीतिक रूपले सचेत मुलुकभरका मानिसलाई गोर्खालीले कसलाई रोज्लान् भन्ने चासो छ। यही चासोलाई पछ्याउँदै हामीले गोरखा-२ का विभिन्न गाउँटोल छिचोलेर २ सय किलोमिटर भ्रमण गर्यौं र २ सय मतदातासँग कुरा गर्यौं।

    गोरखा सदरमुकामबाट खैरेनीतर्फ ७ किलोमिटर तल सडकको छेवैमा दाहिनेपट्टि २७ वर्षीया रचना खड्काको पसल छ। उनको पसलमा चुरा, पोते अनि मेकअपका सामान सजाइएका छन्।

    गाह्रक नहुँदा उनी आजकाल निर्वाचन प्रचार हेरेर बस्छिन्।

    गोरखा सिरानचोक – ४ चोरकाटेमा सेतोपाटीसँग कुराकानी गर्दै मतदाता। फोटो : सञ्जिब बगाले

    ‘गाडी, कुदेको कुदेकै छ। सबै जित्छु भनेर दाबी गरिरहेका छन्’, रचना भन्छिन्, ‘खै, कसलाई दिने हो भोट।’

    उनको वडामा माओवादी केन्द्रले अध्यक्ष जितेको छ। सुरुवातमा नखुले पनि रचनाले केहीबेरको कुराकानीमा बाबुरामलाई मत दिने खुलाइन्।

    ‘जसले जे भने पनि यो जिल्लाका लागि बाबुरामले जति कसैले गरेको छैन, परिवारले जे भने पनि म एक भोट बाबुरामलाई दिन्छु’, रचनाले निर्णय लिइसकेकी छिन्।

    रचनाजस्तै गोरखा-२ का अधिकाशं मतदाता कसलाई मत दिने निर्णय लिदैँछन्। गोरखा नगरपालिकाकै वडा नं १२ की २८ वर्षीया ज्ञानु अर्यालले नारायणकाजी श्रेष्ठलाई मतदान गर्ने निर्णय लिएकी छिन्। उनको वडामा स्थानीय तहमा कांग्रेस विजयी भएको छ।

    ‘अघिल्लोपटक बाबुरामको प्रचारमा हिँडियो। हामी मरिमेटेको पार्टी हो, माओवादी। पार्टीमै लागेकै कारण कति दुश्मनी कमाइयो। यहाँ कांग्रेसीसँग झगडा गरियो। अहिले फ्याट्ट छाडिदिए’, ज्ञानुले तितो पोखिन्, ‘कांग्रेसले समर्थन गरेको बाबुरामलाई भोट दिन सकिन्न।’

    हामीले गोरखाका पालुङटार, ठाँटीपोखरी, हर्मी, खोप्लाङ, डुम्रेडाँडा, आपँपिपल, लुँइटेल, खत्रीटार, गाइखुर, बञ्चरे, अबुवा, स्याउली, लक्ष्मीबजार, १२ किलो, चोरकाटे, मोसहर, खहरे, भालुस्वारा, दश किलो बजार, नयाँ वस्ती, गोर्खा बजार, विरुवाटार, कुमाल वस्तीका मतदातासँग कुराकानी गर्यौं।

    हामीले कुरा गरेका २ सय मतदातामध्ये ८९ जनाले प्रतिनिधि सभा निर्वाचनमा बाबुरामलाई मत दिने बताए। ६२ जनाले नारायणकाजीलाई मत दिने जनाए। ४९ मतदाताले भने निर्णय लिइनसकेको बताए।

    यी ४९ मध्ये ७ जनाले यसअघि माओवादीलाईनै भोट दिएका थिए। ४९ मध्येका १० ले पनि यसपालि समानुपातिकमा कांग्रेसलाईनै मत दिने निर्णय गरिसकेका छन्। तर प्रत्यक्षमा कसलाई मत दिने भन्नेमा उनीहरूले टुंगो गरेका छैनन्। अहिलेसम्म अनिर्णित यही मत नै अन्तिम चुनावी परिणाममा निर्णायक हुने देखिन्छ।

    स्थानीय तहको निर्वाचनको वडागत मत हेर्ने हो भने माओवादी केन्द्र र एमालेको वाम गठबन्धन यहाँ थोरै फाइदामा छ। उसको मत कांग्रेस र माओवादीको भन्दा ११७६ ले धेरै छ। तर राप्रपाले बाबुरामलाई समर्थन गर्ने निर्णय यो अन्तर झनै साँघुरिएको छ। गत स्थानीय चुनावमा राप्रपाले गोरखा-२ मा ६ सय ३० मत ल्याएको थियो।

    बाबुरामलाई गोरखा-२ मा जितका लागि माओवादी केन्द्र र एमालेको मत आकर्षित गर्नु आवश्यक छ। अनि कांग्रेसको भोट अाफ्नो पक्षमा कायम राख्ने चुनौती पनि छ। चूनौतीपूर्ण यस अर्थमा कि सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन माओवादीपीडित भएका केही कांग्रेस परिवारले बाबुरामलाई समर्थन गरेका छैनन्। यद्यपी उनीहरूले नारायणकाजीलाई भोट दिने पनि बताएनन्। उनीहरूले समानुपातिकमा कांग्रेस रोज्दा प्रत्यक्षको मतपत्र खाली छाडे भने बाबुरामलाई घाटा हुन्छ।

    ‘यहाँ दुई नम्बर क्षेत्रमा केही शिक्षकसहित २० जना मारिएका छन्। उनीहरुले बाबुरामलाई मत नदिने भनेर विज्ञप्ति जारी पनि गरेका छन्। द्वन्द्वको घाउ अझै छ’, छेपेटारमा भेटिएका भागवत रेग्मीले भने, ‘तैपनि अधिकांश कांग्रेसीले बाबुरामलाई भोट दिन्छन्।’

    भागवतले भने जस्तै हामीले भेटेका २ सय मतदातामध्ये समानुपातिकमा कांग्रेसलाई मत हाल्ने यस्ता १० जना मतदाताले प्रत्यक्षतर्फ मत कसलाई दिने भन्ने टुङ्गो लगाएका छैनन्।

    उता नारायणकाजी श्रेष्ठलाई भने बाबुरामको गोरखामा बनेको ‘विकासवादी व्यक्तित्व’सँग प्रतिष्पर्धा गर्नु चुनौतीपूर्ण छ। उनले वाम मत मात्र एक ठाउँमा राख्दा जित्ने अवस्था छ। तर सबै वाम मत उनैलाई पर्छ भन्ने छैनन्। २ सयमध्ये पहिला माओवादीलाई भोट दिएका ३ मतदाताले नयाँ शक्ति रोज्ने बताए। त्यस्तै ७ जनाले निर्णय नगरिसकेको बताए।

    हामी सिरानचौककै चोरटकाटे पुग्दा जगत कुमाल भूकम्पले भत्तिएको घर बनाउँदै थिए। बाबुराम अर्थमन्त्री हुँदा बजेट दिएर दरौँदी पुल बनाइदिएकाले घर बनाउने सामान ल्याउन सजिलो भएको उनको भनाइ थियो। ‘कार्यशैलीका कारण कहिलेकाहीँ साथीभाइमा तलमाथि हुन्छ। त्यही भएर माओवादी छाडेका होलान्’, कुमालले भने, ‘हामी माओवादी हो। तर यहाँ बाबुरामले दरौँदीमा पुल हाले। अहिले बाटो बनेको छ। भोट दिने हो।’

    साझा विवेकशिलको ‘तराजु’मा समानुपातिको भोट दिने २ जना मतदाता पनि हामीले भेट्यौं। ती दुई जनाले पनि प्रत्यक्षमा बाबुरामलाई भोट दिने बताए। हामीले भेटेका चार जना एमाले मतदाताले पनि प्रत्यक्षमा बाबुरामलाई भोट दिने बताए। समानुपातिकमा भने ‘आफ्नै’ पार्टी एमालेलाई भोट दिने बताए।

    तर गोरखा-२मा पछिल्लो स्थानीय निकायमा नयाँ शक्तिलाई भोट हालेका कुनै पनि मतदता हामीले भेटेनौं जसले माओवादीलाई भोट दिन्छु भन्यो।

    यसले बाबुरामको व्यक्तित्व र उनले गोरखामा उनले गरेको कामको प्रभाव प्रष्ट देखाउँछ।

    गोरखाकै भए पनि नारायणकाजीलाई कति मतदाताले नभेटेको र नचिनेको बताए।

    ‘हामीले नारायणकाजीलाई देखेकै छैन। उनी उपप्रधामन्त्री भए। माओवादी भएको यत्रो समय भयो तर गोरखा आएनन्’, विरुवाटारमा भेटिएका विष्णु थापाले भने, ‘तर बाबुरामले गोरखामा गरेनन् भन्ने ठाउँ छैन।’

    कुनै मतदाताले पनि नारायकाजी नराम्रो उम्मेदवार भन्दैनन्। हामीले भेटेका लगभग सबै मतदाताले नारायणकाजीलाई राम्रो मानिस नै भने। उनको चरित्रको प्रशंसा नै गरे।

    ‘नारायणकाजी राम्रा मान्छे हुन्। उनलाई मत दिनु नपर्ने कारण छैन। माओवादीका वरिष्ठ नेता हुन्। नैतिक र इमान्दार छन्’, खोप्लाङका सूर्यबहादुर बसेलले भने, ‘नारायणकाजीले काम गर्न सक्छन्। उनी यसअघि बाहिर उठेका भएर यता ध्यान दिन नपाएका हुन्। अहिले खटेका छन्।’

    नारायणकाजीको सबैभन्दा ठूलो तागत भनेको माअोवादीको संगठन र एमालेको बलियो समर्थन नै हो।

    गोरखाका कैंयन् एमाले कार्यकर्ता नारायणकाजीलाई वाम एकताको सुत्रधार मान्छन्। त्यसैले उनलाई जिताउन दिलोज्यानले लागि परेका छन्।

    ‘हामी कुल पूजामा छुट्टिएका दाजुभाइ भेट भएका छौं’, पालुङटार ८ मा भेटिएका एमाले समर्थक कोशविलास कालाखेतीले भने, ‘कम्युनिष्टलाई हँसिया र हथौडामा भोट हाल्न के गाह्रो।’

    नारायणकाजीलाई उनको स्थानीय क्षेत्र सिरानचौकमा कांग्रेसको केही मत पनि आउने देखिन्छ। सिरानचौक- ४ मा भेटिएकी जुना अधिकारीले आफू कांग्रेस भए पनि नारायणकाजीलाई भोट दिने बताइन्।

    ‘हाम्रो नारायणकाजीसँग माइतीपट्टिको सम्बन्ध छ, केही परे भन्न सकिन्छ’, उनले हाँस्दै भनिन् ‘पावर लगाउन पाइयो नि!’

    जुना जस्तै हामीले तीन जना यस्ता मतदाता भेट्यौं जसले समानुपातिकमा कांग्रेसलाई भोट दिदाँ प्रत्यक्षमा नारायणकाजीलाई दिने बताए।

    पालुङटार- ८ का रामजी अधिकारीले कतिपयले गाउँघरका नेतासँग चिढिएर स्थानीय निर्वाचनमा कांग्रेसलाई मत दिए पनि यसपटक त्यस्तो मत माओवादी फर्कने बताए।

    ‘गाउँ घरमा उम्मेदवारीका कारण चिढिएका पनि मिलेका छन्। उम्मेदवार हेरेर मत दिने भएकाले नारायणकाजीलाई धैरैलाई भोट दिन्छन्’, उनले भने, ‘नयाँ शक्ति गएका पनि फर्किएका छन्।’

    नारायणकाजी उठेको क्षेत्रमा यअसघि माओवादीबाट हितराज पाण्डे उठेका थिए। तर मतदाताहरु भने पाण्डेप्रति आक्रोशित देखिए। ‘केही गरेनन् हितराजले’, माओवादीकै मतदाताको आरोप छ, ‘भूकम्प बेला समेत डुल्न निस्किएनन्।’

    हामी बारपाक भने जान पाएनौं। गोरखाको दुई नम्बर क्षेत्रमा पर्ने बारपाकमा माओवादी पार्टी बलियो रहेको यसपालिको स्थानीय निर्वाचनले देखाएको छ। हामी बारपाक पुगेका भए भट्टराईको सट्टा नारायकाजीलाई भोट दिन्छौ भन्ने केही धेरै भेटिन्थे भन्ने अनुमान लगाउन सकिन्छ।

    स्थानीय चुनावको परिणामले पनि यी दुई गठबन्धनबीच गोरखामा कडा प्रतिस्पर्धामा रहेको देखाएकै छ। उमेदवारको व्यक्तिगत प्रभावले आफ्नो पक्षमा कति भोट तान्न सक्छन्, अन्तत: त्यो नै निर्णायक बन्नेछ।

    गोरखामा विकास गरेको र स्थानीयले चिनेको आधारमा भट्टराईले व्यक्तिगत मत तान्ने सम्भावना धेरै छ। तर मतदाताको मनमा भट्टराई अब सानो पार्टीको ठूलो नेता हुन् भन्ने पनि पर्नेछ।

    भोलिको विकासको सम्भावना होइन, हिजोको कामको पुरस्कार गोरखाली मतदाताले दिए भने भट्टराईले जित्न सक्छन्।

    तर मतदाताका मनमा भोलि कसले विकास गर्न सक्छ भन्ने प्रश्न बलियो भयो भने भट्टराईलाई सजिलो हुने छैन।

    अन्तिम परिणाममा जसले जिते पनि मत अन्तर भने एकदमै कम रहने निश्चितजस्तै छ।

    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, मङि्सर ०६, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.