नरेन्द्र ढकाल/गोरखा
मंसिर ६ गते । प्रचारका लागि छुट्याएको समय सिमा सकिन केही दिन मात्र बाँकी रहँदा दलका उम्मेदवारहरु अन्तिम कसरतमा जुटेका छन् । मुख्यतय दुई गठबन्धनमा बिभाजित गोरखाका दलहरु मतदातालाई आफ्नो पक्षमा पार्ने साम दाम दण्ड भेदका सबै खालका अश्त्रहरु प्रयोग गरिरहेका देखिन्छन । ‘यहि बेला हो जनता सामु पुग्ने सकेजति कसरत गर्ने प¥यो नी’लोकतान्त्रिक गठबन्धन एक नेताले भने । लोकतान्त्रिक गठनबन्धनले मंगलबार घर दैलो कार्यक्रम तिब्रता दिएको काँग्रेस सह–सचिव नारायण लामिछानेले जानकारी दिए । ‘हाम्रा सबै उम्मेवारहरु घरदैलोमा व्यस्त हुनुहुन्छ,यो क्रम मौन अवधी अघि सम्म जारी रहने छ’ उनले भने । सोहो कार्य ७ गते चल्ने छ । लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार चिनकाजी श्रेष्ठ र प्रदेशसभा सदस्य ‘ख’ का राजेन्द्र बजगाईले आरुघाट गाउँपालिकाको बिभिन्न स्थानमा घरदैलो कार्यक्रम गरेका छन् । क्षेत्र नम्बर १ को ‘क’ का धिरन थापाले गोरखा नगरपालिकाको नारेश्वर, सतिपिपतल लगायत सदरमुकाम आसपासका क्षेत्रका मतदातासँग भेटघाट गरेका प्रचारप्रसार समितिले जानकारी दिएको छ । ‘कम्तिमा एक पटक सबैका घरमा पुग्नुप¥यो सोही अनुसार हामी लागि रहेका छौ’ नेपाल बिद्यार्थी सघं जिल्ला सदस्य एवं धिरन थापाका प्रचारक मिलन सिं बस्नेतले भने ।यसैगरी क्षेत्र नम्बर २ का उम्मेदवार डाक्टर बाबुराम भट्टराई र प्रदेश सभा ‘ख’ का उम्मेदवार प्रकाशचन्द्र दवाडीले सिरानचोक गाउँपालिकाको विभिन्न वडाहरुमा घरदैलो गरिरहेको प्रचारप्रसार समितिले जानकारी दिएको छ । यसैगरी सोही क्षेत्रका प्रदेश सभा ‘ख’ का हरिशरण आर्चाय पनि गृह नगर पालुङटार व्यस्त छन् ।
यता बाम गठबन्धनका तर्फबाट क्षेत्र नम्बर १ का उम्मेदवार हरिराज अधिकारी, प्रदेश सभा ‘क’ का उम्मेदवार लेख बहादुर थापा गण्डकी गाउँपालिका पुगेका छन् । उनीहरुले गण्डकी गाउँपालिकाका विभिन्न वडाहरुमा घर दैलो कार्यक्रम गरेको माओवादी केन्द्रका कार्यालय सचिव अंकुर तिमिल्सीनाले जानकारी दिए । ‘सबै मतदाताको घरमा पुग्ने लक्ष्यका साथ उहाँहरु लागिरहनु भएको छ, मौन अवधी अघिसम्म यो कार्य जारी रहनेछ’ तिमिल्सीनाले भने । त्यसैगरी क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ आफ्नो गृह गाउँपालिका सिरानचोक पुगेका छन् । उनले सिराचोकका विभिन्न वडाहरुमा मतदाताहरुसँग भोट मागिरहेको प्रचारप्रसार समितिले जानकारी दिएको छ । सोही क्षेत्रका प्रदेश सभा ‘ख’ का उम्मेदवार अम्मर तमु सुलिकोट र अजिरकोटमा मतदाता भेटघाट गरिरहेको तिमिल्सीनाले बताए । यता क्षेत्र नम्बर २ को प्रदेश सभा ‘क’ की उम्मेदवार कमला नहर्की पालुटार नगरपालिका मतदाताहरु माझ पुगिरहेको माओवादी केन्द्र गोरखाले जानकारी दिएको छ ।
अन्य दलहरुका उम्मेदवारहरु पनि आ–आफ्ना क्षेत्रमा मतदाता भेटघाट तथा घरदैलो गरिरहेको उनीहरुले जनाएका छन् । दुई गठबन्धनले उनीहरुकै शब्दमा जिल्लाका मुख्य ठाउँमा ठुला चुनावी सभा समेत सम्पन्न गरिसकेका छन् । र्शीष नेताहरुलाई जिल्लामा ल्याउन उनीहरुले आ–आफ्ना उम्मेदवारका पक्षमा मत मागेका थिए । गोरखामा पहिलो निर्वाचन लडेको विवेकशिल साझा पार्टी भने आज जिल्ला सदरमुकाममा कार्यक्रम गर्ने तयारी गरेको छ । त्यसका लागि काठमाण्डौ महानगरपालिकाको प्रमुखकी प्रत्यासी समेत रहेकी रञ्जु दर्शना सहितका र्शीष नेताहरुको उपस्थितीमा कार्यक्रम गर्न लागेको विबेकशिल साझाले जानकारी एिको छ । मौन अवधि सुरु हुन केही घण्टा मात्र बाँकी रहँदा दलहरुको सक्रिया झनै बढेको छ । उनीहरुले आफ्नो सबै ताकत निर्वाचनमा केन्द्रित गरेका छन्् ।
मतदाता रिझाउने अन्तिम कसरतमा दलहरु
मतदाता रिझाउने अन्तिम कसरतमा दलहरु
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


