मोहसिन अलि मियाँ/गोरखा
मंसिर ६ गते । आसन्न प्रतिनिधी र प्रदेशसभाको निर्वाचनमा गोरखाका २ सय ८२ मध्ये ३ मतदान केन्द्र महिला मैत्री बनाउने तयारी भएको छ । क्षेत्र नम्बर १ मा एउटा र २ मा दुइ मतदान केन्द्रमा महिला मात्रै कर्मचारी खटाई महिला मैत्री बनाउन लागिएको जिल्ला निर्वाचन अधिकारी नारायण प्रसाद सापकोटाले जानकारी दिएका छन् ।
क्षेत्र नम्बर १ मा पर्ने गोरखा नगरपालिकाको बालमन्दिर मावि छहरे, र २ मा पर्ने सरस्वती मावि आहाले र द ओल्ड क्यापिटल रानिवनको ‘ख’ मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटिने सापकोटाको भनाई छ । ‘हामी जिल्लाको निर्वाचनलाई नमुना बनाउन चाहान्छौ, सबैको आँखा पनि गोरखामै छ, त्यसैले हामीले ३ वटा केन्द्र महिला मैत्री बनाउदैछौ’
स्थानीय तहको निर्वाचनमा जिल्लामा ओल्ड क्यापिटल मा.वी को एउटा मात्रै केन्द्रलाई महिला मैत्री बनाइएको भएपनि अहिले ३ वटामा महिला मात्रै कर्मचारी खटाउन लागिएको कार्यालयको भनाई छ ।
जसअनुसार मदतान अधिकृत सहित अन्य सातै जना र ४ जना स्वयमसेवक समेत महिला नै खटिनेछन् । त्यस्तै ति मतदान केन्द्रहरुमा सुरक्षाकर्मीहरु समेत महिला नै खटाउने ब्यवस्था मिलाईएको कार्यालले जनाएको छ ।
बालमन्दिर मावि छहरेमा रहेको मतदान केन्द्रमा गोरखा दरवार हेरचाह अड्डाकी प्रमुख मञ्जु सिं भण्डारीलाई मतदान अधिकृत तोकिएको छ । यस केन्द्रमा ८ सय ६१ मतदाता रहेका छन् ।
त्यस्तै सरस्वती मावि आहालेको केन्द्रमा महिला तथा बालबालिका कार्यालय प्रमुख सुशीला वाग्लेलाई मतदान अधिकृत तोकिएको छ । उनी यस अघि भएको स्थानीय तहको निर्वाचनमा महिला मैत्री भएको एक मात्र केन्द्रको अधिकृत रहेकी थिइन । उक्त मतदान केन्द्रमा ९ सय ३२ जना मतदाता रहेका छन् ।
द ओल्ड क्यापिटल रानिवनको ‘ख’ मतदान केन्द्रमा जिल्ला अस्पताल गोरखाकी डा. अनमिका कर्णलाई मतदान अधिकृतको रुपमा खटिनेछिन् । ८ सय ४० जना मतदाताले यस केन्द्रबाट मतदान गर्नेछन् ।
ओल्ड क्यापिटल केन्द्र मै क मतदान स्थलमा भने मतदान अधिकृत पुरुष खटिनेछन् । यो मतदान केन्द्रलाई प्रयोगात्मक समेतको रुपमा लिइएको कार्यालयका सापकोटाको भनाई छ । ‘एउटै केन्द्रको दुइ मतदान स्थलमा महिलालाई र पुरुषलाई नेतृत्व गर्न दिदैछौ, यसलाई हामीले नयाँ प्रयोगको रुपमा समेत लिएका छौ, पर्यवेक्षक गर्नेलाई समेत राम्रो अवसर हुन सकोस’ सापकोटाले भने ।
महिला मैत्री हुने तिन वटै मतदान केन्द्र सदरमुकाम भित्रैका छन् ।
गोरखाका तिन मतदान केन्द्रको जिम्मेवारी महिलालाई
गोरखाका तिन मतदान केन्द्रको जिम्मेवारी महिलालाई
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


