नरेन्द्र ढकाल/पालुङ्गटार
केही दिन अघि बाम गठबन्धनका नेताहरुले पालुङटारमा उठाएको सबालको डाक्टर बाबुराम भट्टराईले जबाफ फर्काएका छन् । लोकतान्त्रिक गठबन्धनका तर्फबाट गोरक्षा क्षेत्र नम्बर २ उम्मेदवार रहेका भट्टराईले गत कात्र्तिक २९ गते केपी शर्मा ओली र प्रचण्डलाई शनिवारसोही मञ्चबाट जबाफ फर्काएका हुन् । ‘उहाँहरुले मानसिक ढङ्गले हारिसक्नुभएको छ, त्यसैले गुहार्दै हिढिराख्नुभएको छ’ उनले भने ‘आउनुहोस् लिगलिगको फेदिमा यो जनसागर हेर्नुहोस्, जनताले के फैसाला गदैछ,तपाइँलाई संकेत प्राप्त हुनेछ ।’ लोकन्तान्त्रिक गठबन्धनको आयोजनामा भएको चुनावी सभामा भावुक हुँदै डाक्टर भट्टराई आफुलाई फलेको रुखसँग तुलना गर्दै आफु कत्ति पनि बिचल्लित नभएको बताए । ‘फलेको रुखमा सबैले झटारो हान्छन्, नफलेको रुखमा कसैले पनि झटारो हान्दैन्’ उनले भने‘तर रुखले कहिले पनि झटारो फर्काउँदैन, त्यो त फलिरहन्छ ।’ उनीहरुले हानेको झटारोको आपूmले प्रतिवाद गर्नु नपर्ने उनको भनाई छ ।
जनता सामु २ वटा बिकल्प रहेको भन्दै नयाँ शक्ति पार्टीका संयोजक समेत रहेका डाक्टर भट्टराईले जनताको सुख दुखःमा साथ दिने व्यक्तिलाई छान्ने वा केही दिनको टुरिष्टलाई छान्ने उक्तको फैसला जनताले नै गर्ने बताए । ९ महिना अर्थमन्त्री हुँदा थालेका काम पुरा गर्ने जिम्मेवारी आफू सामु भएको भन्दै उनले गोखार्ली जनताले फेरी मौका दिन दाबी गरे । ‘मैले छोटो समयमा थुप्रै काम थालेको छु, अहिले त स्थानीय तहमा पनि सक्षम युवा नेतृत्व आईसकेको छ, म उहाँहरु साथमा लिएर यो क्षेत्रलाई नमूना बनाउँछु’ डाक्टर भट्टराईले भने । उनको भाषण सुन्न साँझको ५ बजि सक्दा समेत धर्य गरेर बसेका मतदाताहरुलाई आस्वत पार्दै उनले मुलकमा अब एक दलिय तानसाही व्यवस्था विरुद्धमा लड्नु पर्ने बेलाका आएको बताए ।

नेपाली काँग्रेस र नयाँ शक्ति वीचको सहकार्य परिस्थीतिले निम्त्याएको भन्दै उनले यसबाट बिचल्लित नहुन दुबै दलका कार्यकतालाई आग्रह गरेका छन् ।‘यहाँ कम्युनिष्ट खोले ओढेकाहरुले देशलाई बिखण्डमा लैजाने खतरा आयो अब हामी सच्चा लोकतन्त्रबादी मिल्नुको बिकल्प छैन ।’ उनले भने । २९ गते कै कार्यक्रममा सहपाठी समेत रहेका डाक्टर उपेन्द्र देवकोटाले आफू बिरुद्ध दिएका अभिव्यक्तिलाई संस्कृतको एक श्लोक उदारण दिदै उनले भने ‘मेरा विरोधीहरु सधै बाँचिरहनु जसका कृपाले म चनाखो छु, जबजब मैले गल्ती गर्छु उनीहरुले मलाई घच्घचाएर चनाखो गरिदिन्छन् ।’
डाक्टर देवकोटासँगको प्रतिपर्धा कारण नै आफु पढाईमा सधै पहिलो भएको र एसएलसीमा पनि बोर्ड फस्ट हुन सफल भएको भन्दै उनले देवकोटालाई धन्यवाद समेत दिए । मंसिर १० गतेको निर्वाचनले देशलाई कता लैजान भन्ने फैसला गर्ने भएकाले शान्ति र लोकतन्त्र पक्षधर बिजयी गराउन उनले गोखार्ली जनतालाई आग्रह गरेका छन् ।


