गोरखा समाचार
गोरखा र आसपासमा आज र भोली दुई दिन विद्युत सेवा बन्द हुने भएको छ । मस्र्याङ्गी काठमाण्डौ प्रशारण लाईन निर्माणका लागि कात्तिक २८ गते मंगलवार र २९ गते बुधवार गोरखामा बिहान ८ बजेदेखि साझ पाँच बजेसम्म बिद्युत सेवा बन्द गरिएको नेपाल विद्युत प्राधिकरण वितरण शाखा गोरखाका बताएको छ ।‘उहाँहरुले काम सम्पन्न गरी लाईन जोड्नका लागि केन्द्र सँगको अनुमतीमा दुई दिन दिउँसो वत्ति काट्न भन्नुभएको छ’ वितरण शाखा गोरखाका प्रमुख माधव न्यौपानेले भने ।
उक्त काम अन्र्तगत मध्यमस्र्याङदी देखि तल्लो मस्र्याङदी सम्म १३२ केभि प्रशारण लाइनको तार जडान कार्यका लागी डुम्रे देखि आवुखैरेनी तर्फको ३३ केभि प्रशारण लाइन बन्द गरिएको हो ।गोरखा सँगै आवुखैरेनी गाउँपालिकाको सम्पूर्ण स्थान, मुग्लिन, कुरिनटार लगायतका स्थानमा बिद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जानकारी दिएको छ । ‘निर्वाचनको पुर्वसन्धामा दुई दिन सम्म दिनभर विद्युत सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई असुबिधा पर्न सक्ने भन्दै प्राधिरणले क्षमा प्रार्थी छ ।’ न्यौपानेले भने । तोकिएको समय अगावै कार्य सम्पन्न भएमा बिद्युत सेवा सुचारु हुने बताइएको छ ।
आज र भोली दिनभर विद्युत आपुर्ती बन्द हुने
आज र भोली दिनभर विद्युत आपुर्ती बन्द हुने
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















