नरेन्द्र ढकाल/गोरखा
कार्तिक २७ गते । लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु हेलिकप्टर चढेर निर्वाचन प्रचारका लागि उत्तरी पुगेका छन् । काँग्रेस महामन्त्री डाक्टर सशाकं कोईरालाले प्रचारकको नाममा निर्वाचन आयोजकको स्वीकृतीमा लिएको हेलिकप्टर चढेर नेपाली कांग्रेसका तर्फबाट क्षेत्र नम्बर १ का उम्मेदवार चिनकाजी श्रेष्ठ र सोही क्षेत्रको प्रदेश सभा ‘ख’ का राजेन्द्र बजगाई मान्बुं,केरौजा, काशीगाउँ र सिर्दिबास पुगेका हुन् ।
उनीहरुसँगै प्रदेश सभाका समानुपातिक उम्मेदवार हरि बहादुर घले र काँग्रेस नेतृ कमला पन्त पनि थिए । काँग्रेसका महामन्त्री कोइरालाले प्रचारकको नाममा निर्वाचन आयोग मार्फत स्वीकृती लिए पनि उम्मेदवारहरु भने आचारसंहिता विपरित हेलिकप्टर चढेको खुलेको छ । यसबारेमा मुख्य निर्वाचन अधिकृतको कार्यलय र जिल्ला प्रशासन दुबैले अनविज्ञता व्यक्त गरेका छन् । उक्त कार्य आचारसंहिता विपरित भएको भन्दै वाम गठबन्धन गोरखाले निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गरेको छ ।
त्यस लगतै पत्रकार सम्मेलन गर्दै गठबन्धनका नेताहरुले काँग्रेसले आचारसंहिताको धज्जी उठाएको बताएका छन् । माओवादी केन्द्रका जिल्ला इन्र्चाज समेत रहेका नेता चुडामणी खड्काले काँग्रेसका उम्मेदवारले पटक/पटक निर्वाचन आचारसंहिताको उल्लघंन गर्दा समेत निर्वाचन आयोग र सरकार मौन बसेको भन्दै आलोचन गरे ।‘सोही क्षेत्रमा पटक÷पटक आचारसंहिता उल्लंघन भएको छ, तर उहाँहरु मौन हुनुहुन्छ’ उनले भने ।
मुख्य प्रचारकका नाममा आयोगले स्वीकृती दिए पनि उम्मेदवारका लागि नदिएको भन्दै अब पनि उक्त कार्य दो¥होरिए प्रतिरोध गर्ने वाम गठबन्धनको चेतावनी छ । यही २९ गते वाम गठबन्धनका चुनावी सभालाई संबोधन गर्न एमालेका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल समेत हेलिकप्टर मार्फत गोरखा आउँदैछन् ।


