नरेन्द्र ढकाल/गोरखा
कार्तिक २७ गते । राजनितिका नाममा हुने कुनै पनि अपाराधिक घटनालाई संरक्षण नगर्ने प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले प्रतिवद्धता व्यक्त गरेका छन् । निर्वाचनका तयारी र जिल्लाको सुरक्षा व्यवस्था बारे जानकारी गराउने उदेश्यले आईतबार भएको पत्रकार भेटघाटमा उनले निर्वाचनका पुर्वसन्धामा भएका विभिन्न घटनामा संग्लनहरुलाई कानूनी कठघरामा उभ्याउने दाबी गरे । ‘यो सन्देश सम्र्पुण मिडियाकर्मीहरुले अपराधकमीहरुलाई पु¥याउन जरुरी छ, हामी सजिलै कसैलाई पनि छोड्दैनौं’ बस्नेतले भने ‘हामी बरु कुर्ची छोड्दौ तर अपराधीलाई छोड्दैनौ ।’
राजनितिक संरक्षणका आडमा अपराधिक कृयाकलाप हुन थालेको भन्दै उनले दलहरुलाई पनि सचेत गराएका छन् । राजनिति र अपराध दुबै फरक कुरा भएकाले राजतिनिक दलहरुले अपराधिक व्यक्तिलाई संरक्षण गर्न नहुने उनका तर्क छ । निर्वाचन आंचारसहिता विपरित पेस्तोल भेटिएको, केही व्यक्ति धारिलो हतियार सहित पक्राउ परेको लगायतका घटनाहरुको उदाहरण दिदै उनले उक्त घटना मिलाउन र मुद्धा दर्ता रोक्न राजनितिक दलहरुले थेग्न नसक्ने गरी दबाब दिइरहेको बताए । ‘राजनितिकका नाम हुने अपराध र अपराधका नाममा हुने राजनिति दुबै हाम्रा लागि स्वीकार्य छैन्, कानून विपरित हुने सबै हर्कत रोक्न हामी जस्तो सुकै कदम उठाउँन पनि तयार छौं’ प्रजिअ बस्नेतले भने ।
आगामी मंसिर १० गतेको निर्वाचनलाई भ रहित बनाउन जिल्लाको सबै संयन्त्र परिचालन गरिएको उनले बताएका छन् । शिर्ष नेताहरुको चुनावी प्रतिपर्धा हुने भएकाले गोरखालाई केन्द्रिय सुरक्षा समितिले अतिसंवेदशिल जिल्लाको सुचिमा राखेको भन्दै प्रजिअ बस्नेतले स्थल र हवाई रुपमा पनि गस्ती गरी सुरक्षा व्यवस्था कडा पारिने दावी गरे । ‘अहिले सबैको ध्यान गोरखामा छ, हामीले जिल्लाको संवेदशिलतालाई हेरी केन्द्रले गरेको निर्देशन दुबैलाई आधार बनाएर सुरक्षा रणनिति बनाएका छौं’ उनले भने ‘आम मतदातालाई ढुक्क भएर मतदान गर्न पाउने वातावरण बन्छ, हामी प्रयत्नशिल छौ ।’
प्रदेश नम्बर ४ मध्येको पनि अति संवेदनशिल जिल्ला सुचिकृत रहेको यहाँ शसस्त्र र नेपाल प्रहरी र म्यादी प्रहरी गरी चार हजार प्रहरी परिचालन गर्ने तयारी प्रशासनको छ । त्यसको अलवा नेपाली सेना बाहिरी घेरामा परिचालन हुने र सेनाले हवाई समेत गस्ती गर्ने प्रजिअ बस्नेतले बताए । ‘हामिले ३ तहको सुरक्षा योजना बनाएका छौ, सोही अनुसार सुरक्षा फौज परिचालित हुन्छ ’ उनले भने । पुर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र पुर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिस्पर्धा गर्ने गोरखा क्षेत्र नम्बरका सबै मतदान स्थलहरुलाई अति संबेदनशिलको सुचिमा राखिएको छ । २१३ मतदान स्थल र २८२ केन्द्र रहेको यहाँ क्षेत्र नम्बर १ मा भने २ को तुलनामा केही सुरक्षा व्यवस्था खुकुलो हुने सुरक्ष स्रोतको संकेत छ ।
सडक सञ्जालले नजोडिएको उत्तरी गोरखामा मौन अवधिमा हुन सक्ने आचारसंहिता उलंघन, मतदाता प्रभावित बनाउने गतिविधीको अनुगमन गर्न हेलिकप्टर माग गरिएको उनले बताए । कुनै पनि दल र पार्टीको गतिविधिका कारण हार्नेले जित्ने र जित्नेले हार्न सक्ने खतरा हुने भन्दै त्यस्ता घटनालाई संचारमाध्यमले पनि तटस्थ भएर प्रकाशन एवं प्रशारण गर्न प्रशासनले सुझाव दिएको छ । गोरखा भित्रने र बाहिरिने नाकामा निरन्तर चेकजाँच भईरहेको भन्दै उनले केही दिन भित्र अझ कडाई गरिने बताए । थप सुरक्षा फौज समेत आउन थालेकाले जिल्लाको सुरक्षा व्यवस्था प्रशासनको नियन्त्रणमा रहेको प्रजिअ बस्नेतको दाबी छ । निर्वाचनका लागि आवश्यक सबै सामग्री आईसकेको र मतदाता शिक्षा कार्यकर्ताका पनि भोट हाल्न सिकाउन तोकिएको स्थानमा गईसकेको भन्दै मतदान अधिकृत र अन्य कर्मचारीहरुको खटनपटन पनि अन्तिम चरणमा पुगेको प्रशासनले जनाएको छ । उत्तरी गोरखाको दुर्गममा जाने मतदान अधिकृत सहितका कर्मचारी र सुरक्षाकर्मीलाई मंसिर १ गते पठाउने तयारी गरिएको छ । एक साता सम्म हिडेर जानुपर्ने ठाउँमा निर्वाचन सामग्री ल्याउन लैजान समेत समस्या हुने भएपछि अगाबै पठाउन लागिएको हो ।
कुर्ची छोड्नु परे छोड्छु तर अपराधीलाई छोड्दिनः प्रजिअ बस्नेत
कुर्ची छोड्नु परे छोड्छु तर अपराधीलाई छोड्दिनः प्रजिअ बस्नेत
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


