गोरखा समाचारदाता
कार्तिक २६ गते । देशभक्त जनगणतान्त्रिक मोर्चाका उम्मेदवार नारायण अधिकारीले माओवादीको आधिकारिक उम्मेदवार आफू मात्र रहेको दाबी गरेका छन । माओवादीले सुरु गरेको आन्दोलन निष्कर्षमा पु¥याउनका लागि आफुले उम्मेदवारी दिएको दावी गरे । ‘जनयुद्ध सुरु गर्दा पार्टीले जुन सपना बाडेर आन्दोलन सुरु गरेको थियो त्यो अरुबाट सम्भव भएन, जनताले अरुलाई बिस्वास गरेनन्, माओवादीको त्यही उदेश्य र सपना पुरा गर्न आफुले उम्मेदवारी दिएको हुँ’ अधिकारीले भने । शुक्रबार सदरमुकाममा पत्रकार सम्मेलन गर्दै अधिकारीले जनयुद्ध उत्कर्षमा पुगेका भएपनि निष्कर्षमा नपुगेकोले आफ्नो उम्मेदवारीले बाबुराम र नारायणकाजी दुवैलाई असर गर्ने बताएका छन् । गाँउगाँउमा उत्पिडन अझै बाँकी रहेको र जनताको गास, बास र कपासको ग्यारेण्टीका लागी जनताले आफुलाई जिताउनु पर्ने बताउछन् । ‘गाँउगाँउमा उत्पिडन कायम छ, भेदभाव कायम छ यसको अन्त्यका लागि र जनताको गास बास र कपासको सुनिश्चतताका लागि जनताले मलाई नै जिताउनु पर्छ अरुबाट सम्भव छैन’ उम्मेदवार अधिकारीले भने । गोरखा क्षेत्र नम्बर २ का अन्य उम्मेदवारहरु प्रति कटाक्ष गर्दै उनले डाक्टर बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ आपसमा प्रतिस्पर्धा गर्ने भएकाले देशमै चर्चामा रहेको यस क्षेत्रबाट उम्मेदवारी दिएका अधिकारीले आफु अरुलाई हराउन नभई आफु जित्नको लागि उठेको बताएका छन् । गोरखा २ को अर्गानिक उम्मेदवार आफु मात्रै भएको अधिकारीको दावी छ । ‘म यस क्षेत्रको अर्गानिक उम्मेदवार हुँ, अरु सवै पर्यटक उम्मेदवार हुन, अरुलाई जनताले पत्याउदैनन ।’
ंपर्यटन, कृषिसँगै सडक सञ्जालको बिकास आफ्नो चुनावी एजेण्डा रहेको बताउदै उनले गोरखा २ लाई पर्यटन हव बनाउदै सडक संजालले चिनसम्म जोड्ने योजना रहेको बताएका छन् । ‘चाईनाको सफर््वयर र भारतको हार्डवयर दुबैलाईको फाईदा लिनुपर्छ’ उनले भने ‘त्यसका आधार बनाएर उत्तरी दक्षिण सडक सञ्जाल जोड्नु पर्छ ।’
गोरखा २ मा विकासे योजना सुनाउदै अधिकारीले जनयुद्धको नैतिक आधार आफुसंग मात्रै रहेको बताएका छन् । अरुले जनतालाई झक्याएको भन्दै आफुलाई मतदाताले भोट दिने आश्वासन दिएको बताउछन् । गोरखाका माओवादी आन्दोलनका अगुवा मध्येका एक श्रीनाथ अधिकारीका छोरा समेत रहेका उनी लामो समय देखि माओवादी राजनितिमा छन् । पछिल्लो मोहन बैद्य नेतृत्वको क्रान्त्रिकारी कम्न्युष्ट पार्टीमा आवद्ध अधिकारीको उम्मेवारीले माओवादी केन्द्रका पूर्व दुई उपाध्यक्षहरु डाक्टर भट्टराई र श्रेष्ठलाई असर पर्ने विष्लेषण हुने गरेको छ ।
मै हुँ माओवादीको आधिकारिक उम्मेदवार : नारायण अधिकारी
मै हुँ माओवादीको आधिकारिक उम्मेदवार : नारायण अधिकारी
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


