गोरखा समाचारदाता
कार्तिक २६ गते । प्रहरी चेकजाँचका क्रममा लागु औषध सहित दुई युवा प्रकाउ परेका छन् । निर्वाचन लक्षित गरी केही दिन यता प्रहरीले बढाएको चेकजाँचका क्रममा शुक्रबार साँझ गोरखा नगरपालिका वडा नम्बर ६ का १८ वर्षीय समिन जोशी र वडा नम्बर ११ का १८ वर्षीय सुनिल गुरुङ प्रकाउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी भेषराज रिजालले जानकारी दिए ।
गोरखा नगरपालिका–१३ मझुवा प्रहरी चौकीले गरेको चेकजाँचका क्रममा उनीहरुको साथबाट ३२ एमपुल डाइजेपाम, ३२ एमपुल नुफिन र ३२ एमपुल फिनारागन बरामद गरिएको रिजालले बताए । पक्राउ परेका जोशी र गुरुङलाइ लागू औषध नियन्त्रण ऐन २०२७ अन्तरगत मुद्धा दर्ता गरी दश दिनको म्याद थपेर आवश्यक अनुसन्धान भइरहेको डिएसपी रिजालले बताउनुभयो । प्रहरीले उनीहरुले प्रयोग गरेको बा ६३ प ७९८४ नम्वरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।यसैविच हातहतियार सहित भिमसेन गाउँपालिकाबाट पनि २ युवा प्रकाउ परेका छन् । झोलामा खुकुरी बोकेर हिडिराखेको अवस्थामा उनीहरु प्रहरी चेकजाँचमा परका थिए ।
पक्राउ पर्नेमा भिमसेन गाउँपालिका–४ का ३० बर्षिय अमृत तामाङ र ३४ बर्षिय भिम बहादुर सुनार रहेका छन् । बिहीवार पक्राउ परेको उनीहरुलाइ सोही दिन मुद्धा दर्ता गरी दश दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको डिएसपी रिजालले बताए ।
लागू औषध सहित दुई युवा पक्राउ
लागू औषध सहित दुई युवा पक्राउ
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















